२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

रविले भेटे सभामुख, फुकुवा होला सांसद पद ?

मंगलवार , चैत्र १८, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सभामुख देवराज घिमिरेसँग भेट गरेका छन् ।

प्रतिनिधिसभाका निलम्बित सांसद रहेका रविले फुकुवा गरिदिन सभामुख देवराज घिमिरेलाई भेटेर आग्रह गरेका हुन् ।

रास्वपाका सबै सासंद रविसँगै सभामुख भेट्न गएका थिए । भेट्न पुगेका रविलाई साभामुखले भने कानुनी आधारमा लामिछानेलाई निलम्बन गरिएको बताए ।

‘मैले सूचना मात्रै जारी गर्ने हो। अहिलेको कानुनी व्यवस्थामा जे छ त्यहि भएको हो।’ रविसँग सभामुखले भनेका छन् ।

लामिछानेले भने आफूलाई सरकारले कानुनको दुरुपयोग गरेर निलम्बन गराएको दाबी गरेका थिए।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट