२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

यी हुन् देउवासहित प्रतिनिधि सभामा धेरै गयल हुने सात सांसदहरु

मंगलवार , चैत्र १८, २०८१

काठमाडौं । संघीय संसदको गत माघ १८ गतेदेखि शुरु भएको हिउँदे अधिवेशन आजदेखि अन्त्य भएको छ ।

हिउँदे अधिवेशनको अन्तिम बैठकमा सभाुमख घिमिरेले सभामा १० पटक वा सोभन्दा बढी पटक अनुपस्थित हुने सांसदहरुको नाम सार्वजनिक गरेका छन । यसरी धेरै अनुपस्थित हुनेमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा समेत रहेका छन्। देउवासहित अधिवेशन अवधिभर विभिन्न कारणहरु देखाउँदै सात जना सांसदहरु १० भन्दा बढी बैठकमा अनुपस्थित भएका छन् ।

सबैभन्दा बढी अनुपस्थित हुनेमा नेपाली काँग्रेसकी सांसद मनोरमा शेरचन रहेकी छन् । थेरापी चलिरहेको कारण देखाउँदै उनी २७ बैठकमा अनुपस्थित रहेको सभामुख देवराज घिमिरेले जानकारी गराएका हुन्।

सभामुख घिमिरेकाअनुसार प्रतिनिधि सभा सदस्यहरु लिलादेवी बोखिम लिम्बू १४ दिन, सरस्वती बजिमय ११ दिन, रमेश रिजाल १२ दिन, दीपक बोहरा २१ दिन, शेरबहादुर देउवा ११ दिन र गीता बस्नेत २७ दिन बैठकमा अनपुस्थित रहेका छन् । संसदमा गयल हुने सांसदहरुमध्ये कोही स्वास्थ्य उपचार गराइरहेको र केही विदेश भ्रमणमा रहेको सभामुखले उल्लेख गरे । प्रतिनिभि सभाको मंगलवारको बैठकले सांसदहरुको विदा स्वीकृत गरेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट