२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

दुःखलाई शक्तिमा परिणत गर्ने कोशिस गर्छौं : राप्रपा सांसद शाही

मंगलवार , चैत्र १८, २०८१

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले केही नेताहरु थुनिएको र वरिष्ठ नेताको निधनले पार्टी दुखित भएको बताएका छन ।

मंगलवार संघीय संसद परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै शाहीले यस्तो बताएका हुन्। उनले पार्टीले सामना गरिरहेको वर्तमान परिस्थितिलाई शक्तिमा बदल्ने कोशिस रहने बताए। उनले वरिष्ठ नेता दीपक बोहराप्रति श्रदाञ्जली व्यक्त गदै मुलकको विकासको लागि गरेको योगदानलाई आत्मसाथ गर्दै अघि बढ्ने बताए।

उनले भने, ‘आज राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एकदमै दुःखको दिन हो । पार्टीका वरिष्ट नेता माननीय दीपक बोहराको निधनले पार्टी र सम्रग नेताहरु दुखित र स्तब्द भएका छौं । नेपाली राजनीतिमा उहाँले गरेको योगदान र उहाँले सिकाएको बाटो पार्टीले अपनाउने छ । हाम्रा नेताहरु पनि थुनिएका छन् र हाम्रा वरिष्ठ नेता समेत छोडेर जानु भएको छ । हामी यो दुःखलाई शक्तिमा परिणत गर्ने कोशिस गर्छौं ।’

राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको मंगलवार उपचारको क्रममा निधन भएको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट