२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

गृहमन्त्रीले सुरक्षा संयन्त्रको जिम्मा लिन सक्नुभएन, राजीनामा गर्नुपर्छः सांसद गौतम

मंगलवार , चैत्र १८, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेकी छन्।

मंगलवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले गृहमन्त्री लेखकको राजीनामा माग गरेकी हुन। उनले चैत्र १५ गतेको प्रदर्शनका क्रममा प्रशासनले आवश्यक कामहरु पनि पूरा नगरेको र सरकारले लापरवाही गर्दा युवकको ज्यान गएको बताईन । गृहमन्त्रीले सुरक्षा संयन्त्रको जिम्मा लिन नसकेको भन्दै मार्ग प्रशस्त गर्नुपर्ने बताईन। उनले प्रहरीको गोलीबाट मारिएका सविन महर्जनको बारेमा सरकारले एउटा भनेको र भिडियोको वास्तविकता अर्कै रहेको बताई। उनले आगजनी भइरहेको बेलामा नियन्त्रण गर्नका लागि प्रहरी प्रशासन उपस्थित भइ नियन्त्रण गर्नुपर्नेमा त्यसो हुन नसकेको बताईन।

उनले भनीन, ‘आगो नलाग्नुपर्ने ठाउँहरुमा पनि लागेको छ, प्रशासन हुनुपर्ने ठाउँमा उपस्थित भएको छैन, त्यहाँ सरकार चुकेको छ । गोली लागेको कुरा छ । सविन महर्जनको कुरा छ । भिडियो नआउँदासम्म तपाईं हामीलाई थाहा थिएन । उहाँहरुले त दुईतर्फ झडप भएर गोली लागेको भन्ने किसिमको थियो । अहिले भिडियो फुटेजमा रियालिटी अर्कै छ । यसबाटै रियालिटी एउटा र भनिएको अर्को रहेछ भन्ने स्पष्ट हुन्छ । उहाँले सुरक्षा संयन्त्रको जिम्मा लिन नसक्नुभएको स्पष्ट देखिन्छ । उहाँले मार्ग प्रशस्त गर्नुभए हुन्छ, राजीनामा दिए हुन्छ । अरु सक्ने मान्छेलाई जिम्मेवारी दिनुभए हुन्छ । यो सरकारकै पनि मन्त्रीहरु फेरबदल गर्ने, नेतृत्व बदल्ने बेला भए जस्तो हुन्छ ।’

सांसद गौतमले गठबन्धन सरकारले पनि मन्त्री र नेतृत्व परिवर्तन गर्ने बेला भएको बताएकी छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट