२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

हिउँदे अधिवेशन विधायिकी कामको हिसावले सफलः सचिव भट्टराई

मंगलवार , चैत्र १८, २०८१

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले हिउँदे अधिवेशन विधायिकी कामको हिसावले सफल भएको बताएका छन्।

मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन । उनले हिउँदे अधिवेशनमा १३ वटा विधेयकहरु संसदले पास गरेको यो विगतको तुलनामा महत्वपूर्ण उपलब्धि रहेको बताए। उनले विधायिकी कामको हिसावले आलोचना गर्नुपर्ने ठाउँ नरहेको बताए। उनले सरकारले पनि केही महत्वपूर्ण विधेयकहरु हिउँदे अधिवेशनमा प्रश्तुत गरेको र महत्वपूर्ण रहेको समेत बताए ।

सचिव भट्टराईले भने, ‘यो हिउँदे अधिवेशनमा १३ वटा विधेयकहरु संसदले पास गरेको छ । विगतको तुलनामा यो धेरै नै महत्वपूर्ण उपलब्धि हो । संसद आज चल्न पाएको भए थप दुई वटा विधेयक पनि पास हुन्थे । विधायिकी कामको हिसावले त्यति आलोचना गर्नुपर्ने ठाउँ छैन । यो बीचमा समितिले पनि पर्याप्त मात्रामा बैठकहरु गर्नुभयो । त्यस कारणले नै यो सम्भव भएको हो । सरकारले पनि केही महत्वपूर्ण विधेयकहरु यो हिउँदे अधिवेशनमा प्रश्तुत गरेको छ । सशस्त्र प्रहरी बल र नेपाल प्रहरी बलको सम्बन्धमा बनेको ऐनलाई विधेयकको रुपमा ल्याएको छ । नागरिकता संशोधन विधेयक ल्याएको छ । नागरिक उड्डयन प्राधिकरण र हवाई उड्डयन प्राधिकरण सम्बन्धी दुई वटा विधेयकहरु जो दशकौंदेखि यो कानून बन्नुपर्छ भनेर आवाज उठिरहेको तर कानून नबनेको हुनाले सरकारले यो विधेयक ल्याएको छ । यद्यपि म संस्कृति, पर्यटन भएको बेलामा पनि यो विधेयक राष्ट्रिय सभाबाट हामीले पारित गरिसकेका छौँ ।’

सचिव भट्टराईले प्रधानमन्त्रीले ४\४ पटक संसदलाई सम्बोधन गर्नु भनेको प्रधानमन्त्रीले संसदलाई विशेष महत्व दिएको पाएको पनि बताए । हिउँदे अधिवेशनमा समसामयिक राजनीतिमा उठिरहेका विषयवस्तुको बारेमा पनि संसदमा छलफल भएको बताएका छन् । ०७९ पछि बनेको प्रतिनिधि सभामा परिपक्वता, सहिष्णुताको अभाव खड्किएको समेत ब्यक्त गरे ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट