logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • रुबीना दिलाइकले जितिन् ‘बिग बोस’ सिजन १४ को उपाधि 

    रुबीना दिलाइकले जितिन् ‘बिग बोस’ सिजन १४ को उपाधि 

    4.8K
    Shares

    एजेन्सी । भारतीय चर्चित रियालिटी शो ‘बिग बोस’को १४ औँ सिजनको उपाधि कलाकार रुबीना दिलाइकले जितेकी छिन् । यो जितसँगै उनले ३६ लाख भारतीय रुपैयाँ र ट्रफी हात पारेकी छिन् ।

    टेलिसिरियलमा सक्रिय रहँदै आएकी रुबिनाले १३८ दिनसम्म चलेको बहस, झगडा र ड्रामपछि जित आफ्नो पक्षमा पार्न सफल भएकी हुन् । उनी आफ्ना पति अभिनव शुक्लाको साथमा इन्ट्री गरेकी थिइन् । यद्यपीअभिनव भने अन्तिमसम्म टिक्न सकेनन् ।

    फाइनलमा पुगेका पाँच प्रतियोगी मध्ये फर्स्ट रनरअप राहुल वैद्य बनेका छन् । यसअघि इण्डियन आइडलको पहिलो सिजनमा पनि उनी फर्स्ट रनर अप नै  बनेका थिए । 

    बिग बोसका होस्ट सलमान खानले विजेताको नाम घोषणा गर्नुअघि फाइनलमा पुगेका सबै प्रतियोगीबीच विकल्प प्रस्तुत गरेका थिए । उनले १४ लाख भारतीय रुपैयाँ लिएर शो छोड्न सकिने बताएका थिए । यो विकल्प राखी सावन्तले रोजेकी थिइन् ।

    बिग बोस, भारतको विवादित तर सबैभन्दा ठूलो रियालिटी शो मानिन्छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend