
काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले ढुंगा हानेर राजसंस्था नफर्किँने बताएका छन् ।
उनले आन्दोलनका जनकमान्डर बनाइएका दुर्गा प्रसाईँलाई गुण्डानाइकेको संज्ञा दिए । दुर्गालाई राज्यले पुलपुल्याउँदा यो अवस्था निम्तिएको उनको भनाई छ ।
भाटभटेनीले आज चैत १५ को घटनामा कम्पनीको सुरक्षामा योगदान दिएका कर्मचारीहरूलाई सम्मान गरेपछि बोल्दै गुरुङ दुर्गा प्रसाईँका बारेमा यस्तो भनेका हुन् । उनले सरकारले व्यवसायीको सुरक्षा गर्न नसकेको बताउँदै उनले भने ‘हामीले वर्षेनी ट्याक्स तिर्छौँ सरकारलाई । हाम्रो ट्याक्सबाट सरकारले सुरक्षामा खर्च गर्छ । तर, हामीलाई सुरक्षा खोइ रु हाम्रा दशौँ हजार भाइबहिनीको सुरक्षा खोइ रु दुलप्रसाद पराजुलीले मात्रै गरेर सुरक्षा हुन्छ रु’
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend