२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

मेहनतबाट नै देश निर्माण हुन्छ : सांसद महत

शुक्रवार , चैत्र २१, २०८१

काठमाडौ । नेपाली काँग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले मेहनतबाट नै देश निर्माण हुने बताएका छन्

शुक्रबार काठमाडौंमा नेपाल वित्तीय संस्था कर्मचारी संघको ३५ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक वृत्तमा पनि मेहनतको खाँचो रहेको उल्लेख गरे । उनले सरकारी तथा गैरसरकारी क्षेत्रमा पनि इमान्दारिता र मेहनतको खाँचो रहेको बताए ।

उनले सत्तामा रहे पनि वा नरहे पनि नेपाली काँग्रेस सहीलाई सही र गलतलाई गलत भन्ने बताए । सजिलो हुँदा अघि बढ्ने र असहज हुँदा पन्छिने नयाँ राजनीतिक दलहरुबाट अधिकारको रक्षा हुन नसक्ने जिकिर गरे । उनले भएका कमी, कमजोरीप्रति नागरिकले खबरदारी गर्ने र जनताको खबरदारीलाई नसुने पराजित हुनुपर्ने बताए ।

नेपाली काँग्रेसका प्रवक्ता समेत रहेका सांसद महतले वित्तीय संस्था सम्बन्धी जोडिएका विषयहरुमा पनि गम्भीरताका साथ हेरिरहेको बताए । वित्तीय संस्था कर्मचारी संघले अधिकार र जिम्मेवारीलाई सँगै लिएर अघि बढ्नुपर्ने उल्लेख गरे । जनताको महत्वकांक्षाअनुसार सुविधा प्रदान गर्न सक्नुपर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट