२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

युवा विद्यार्थीलाई सृजनशील हुन मन्त्री दाहालको आग्रह

शुक्रवार , चैत्र २१, २०८१

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले समृद्ध नेपाल निर्माणको लक्ष्य प्राप्तिमा सृजनशील भएर लाग्न युवा तथा विद्यार्थीहरुलाई आग्रह गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी एमाले, झापा काठमाडौँ सम्पर्क मञ्चको संयोजनमा आज आयोजित विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्ने कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्यसमेत रहेका उनले आफ्नो ज्ञान, सीप र क्षमता स्वदेशमा नै उपयोग गर्दै समाजवादको लक्ष्य प्राप्तितर्फ लाग्न आह्वान गरे। जीवन उपयोगी, व्यावसायिक तथा उत्पादनमुखी शिक्षालाई सरकारले प्रवद्र्धन गरिरहेको उल्लेख गर्दै मन्त्री दाहालले नेपालमा केही भएन र केही हुँदैन भनेर भ्रम छर्ने काम भइरहेको पनि बताए ।

राजनीतिक अस्थिरताको अन्त्य गर्दै विकास निर्माण र समृद्धिको यात्रालाई प्रभावकारी बनाउन एमाले पहिलो शक्ति हुन जरुरी रहेको पनि उनले बताए। आगामी निर्वाचनमा एमालेलाई पहिलो शक्ति बनाउने गरी आ–आफ्नो क्षेत्रमा काम गर्न उनको आग्रह छ ।

कार्यक्रममा झापाबाट काठमाडौँ आई अध्ययन गर्ने क्रममा गत स्ववियु निर्वाचनमा विभिन्न क्याम्पसबाट निर्वाचित हुने अनेरास्ववियु सम्बद्ध विद्यार्थीहरुलाई बधाई ज्ञापन गरिएको मञ्चका कार्यवाहक अध्यक्ष मनोज दाहालले जानकारी दिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट