सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

बुद्धि बिग्रिएकाहरुले सक्रिय राजसंस्थाको कुरा गर्छन्ः राप्रपा उपाध्यक्ष तामाङ

बुद्धि बिग्रिएकाहरुले सक्रिय राजसंस्थाको कुरा गर्छन्ः राप्रपा उपाध्यक्ष तामाङ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष बुद्धिमान तामाङले बुद्धि बिग्रिएकाहरुले सक्रिय राजसंस्थाको कुरा गर्ने गरेको टिप्पणी गरेका छन् ।

शुक्रवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले २१ औँ शताब्दीमा सक्रिय राजसंस्था खोज्नेहरु मानसिक रुपमा ठिक नभएको टिप्पणी गरेका हुन । अहिलेको अवस्थामा सक्रिय राजसंस्था स्थापना गर्न सम्भव नभएको बताए। गणतन्त्रवादी दलहरुले राजामा भुत देखेका कारण फोटो देखेपनि तर्सिने गरेको उनको भनाइ छ । उनले आफूहरु स्पष्ट रुपमा अभिभावकको रुपमा राजसंस्था राख्ने एजेण्डा बोकेको कारण फोटो खिच्दैमा नतर्सिन आग्रह गरे ।

उनले भने, ‘राजामा किन भुत देख्नुहुन्छ तपाईंहरुले कसैले फोटो खिच्दैमा यस्तो भन्न मिल्दैन । म राजासंस्था हुनुपर्छ भन्ने मान्छे हो यसमा दुईमत नै छैन । मेरा छोराछोरिलाई म जिउँदो रहँदासम्म राजसंस्थाको विरोध नगर मरेपछि जेसुकै गर भन्छु । त्यसकारण मैले बुझेको त्यो संस्थाबाट यो काम हुँदैन । यहाँ मान्छेहरुले भनेका छन् २०१७ पछिको राजसंस्था । त्यस्तो होइन हामी त राजसंस्थालाई अभिभावकको रुपमा राखौं भन्ने एजेण्डा बोकेर हिँडेको मान्छे हो नि । ०१७ सालको राजसंस्था कसैले सोच्छ भने त्यो बौलाहा हो ।’

उनले कुनैपनि आन्दोलानलाई सामान्य रुपमा लिन नहुने बताए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend