२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

रास्वपा कार्यवाहक सभापतिको जिम्मेवारी डिपी अर्याललाई, चितवनको सभा नरोक्ने

शनिवार , चैत्र २२, २०८१

काठमाडौं । सभापति रवि लामिछाने पक्राउ परेपछि बसेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालयको भर्चुअल बैठकले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डिपी अर्याललाई दिएको छ ।

शुक्रबार उच्च अदालत तुलसीपुर बुटवल इजलासले गरेको फैसलालाई कानुनको एक तहको निर्णयका रुपमा बुझ्दै रास्वपाले शनिबार दिउँसो २ बजे चितवनको भरतपुरमा गर्न लागेको जानयात्रा सभालाई सफल बनाउने निर्णयसमेत गरेको छ ।

रास्वपाले अदालतको फैसलापछि प्रहरीले घरभित्र पसेरै पूर्जी लेख्ने अनौठो अभ्यास गरेको भन्दै यो गैरकानुनी भएको ठहर गरेको छ । यो कुरा विधिको शासनमा क्षम्य हुन नसक्ने रास्वपाको निर्णयमा उल्लेख छ ।

बुँदामा रास्वपाको सचिवालय बैठकका निर्णय :

–उच्च अदालत तुलसीपुर बुटवल इजलासले पार्टी सभापति रवि लामिछानेज्यूको सम्बन्धमा जुन निर्णय गरेको छ, त्यो निर्णयलाई कानुनको एक तहको निर्णयको रूपमा बुझ्दै, पार्टी सभापति रवि लामिछानेज्यूले आफ्नो भिडियो सन्देशमा भन्नुभएझैं, अदालत र अदालतको निर्णयको सदैव सम्मान गर्ने। साथै, अदालत, संविधान र कानुनमा आधारित रही अर्को तह र ढोकामा न्यायको लागि अघि बढ्ने।

– पक्राउ पुर्जी नलिएरै पक्राउ गर्न आउने कुरा मात्र होइन, सभापतिज्यूको घरमा — त्यो पनि बेडरुमभित्र बसेर — जुन किसिमले पूर्जी लेख्ने अनौठो अभ्यास प्रहरीले गर्‍यो, विधिको शासनमा त्यो क्षम्य हुन सक्दैन। नागरिकको घरभित्र छिरेर कानुनी कागजात बनाउने गैर९संवेदनशील र गैरकानुनी कुराको भत्सर्ना गर्ने।

– आज चैत्र २३ गते शनिबार २ बजे भरतपुर, चितवनमा आयोजना हुन लागेको जनयात्रा शुभारम्भ सभालाई भव्य रूपमा सफल पार्ने। राज्यले विवेक गुमाएको बेला हामीले विवेक गुमाउनु हुँदैन र हामीले गर्ने सभा शान्त र सौम्य हुनुपर्छ भन्ने सभापतिको निर्देशनबमोजिम सभालाई शान्तिपूर्ण बनाउन तथा हुन सक्ने सम्भावित घुसपैठ, चलखेल तथा बिथोल्ने प्रयासहरू रोक्नका लागि सबै सदस्यहरूलाई सचेत, संयमित र गम्भीर रहन निर्देशन दिने।

– पार्टी सभापति रवि लामिछानेले पार्टीको नेतृत्व जिम्मेवारीको लागि कार्यवाहक सभापतिमा उपसभापति डिपी अर्यालज्यूलाई तोकेकोमा त्यसलाई अनुमोदन गर्ने।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट