
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्यान्ड भ्रमणका क्रममा भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेट फलदायी रहेको बताएका छन् ।
शनिबार थाइल्यान्ड भ्रमण सकेर स्वदेश फर्किएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदी सगरमाथा संवादमा नेपाल नआउने जानकारी समेत गराए ।
शुक्रबार मात्रै मोदीसँग बैंककमा ओलीले समकक्षी मोदीसँग भेटवार्ता गरेका थिए । सो क्रममा प्रधानमन्त्री ओलीले आगामी जेठमा हुने सगरमाथा संवादमा आउन नसक्ने जानकारी गराएको बताए ।
प्रधानमन्त्रीले सो भेटबाट मोदीसमेत खुसी रहेको आफूले पाएको बताएका हुन् । उनले ‘भेट अत्यन्त राम्रो र सुमधुर वातावरणमा मित्रता र हार्दिकताका साथ सम्पन्न भएको पनि बताए ।
प्रधानमन्त्री ओली यही चैत १९ गते बैंकक प्रस्थान गरेका थिए । थाइल्याण्डमा रहँदा प्रधानमन्त्री ओलीले छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलगायत विभिन्न मुलुकका समकक्षीसँग आपसीहित र चासोका विविधि विषयमा छलफल गरेका थिए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend