२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

सगरमाथा संवादमा भारतीय प्रधानमन्त्री मोदी नेपाल नआउने

शनिवार , चैत्र २२, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्यान्ड भ्रमणका क्रममा भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेट फलदायी रहेको बताएका छन् ।

शनिबार थाइल्यान्ड भ्रमण सकेर स्वदेश फर्किएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदी सगरमाथा संवादमा नेपाल नआउने जानकारी समेत गराए ।

शुक्रबार मात्रै मोदीसँग बैंककमा ओलीले समकक्षी मोदीसँग भेटवार्ता गरेका थिए । सो क्रममा प्रधानमन्त्री ओलीले आगामी जेठमा हुने सगरमाथा संवादमा आउन नसक्ने जानकारी गराएको बताए ।

प्रधानमन्त्रीले सो भेटबाट मोदीसमेत खुसी रहेको आफूले पाएको बताएका हुन् । उनले ‘भेट अत्यन्त राम्रो र सुमधुर वातावरणमा मित्रता र हार्दिकताका साथ सम्पन्न भएको पनि बताए ।

प्रधानमन्त्री ओली यही चैत १९ गते बैंकक प्रस्थान गरेका थिए । थाइल्याण्डमा रहँदा प्रधानमन्त्री ओलीले छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलगायत विभिन्न मुलुकका समकक्षीसँग आपसीहित र चासोका विविधि विषयमा छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट