२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

नेपाल आउने विदेशीलाई पनि स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध हुने व्यवस्था गर्दै बोर्ड

आइतवार , चैत्र २३, २०८१

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले वित्तीय जोखिक कम गर्न नेपाल आउने विदेशी नागरिकलाई समेत स्वास्थ्य बिमामा अनिवार्य आवद्ध हुने व्यवस्था गर्ने भएको छ ।

आईतवारको बोर्डको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा बोल्दै बोर्डका कार्यकारी निर्देशक डा रघुराज काफ्लेले सबै तहका जनप्रतिनिधि, कर्मचारी, वैदेशिक रोजगारीमा जाने श्रमिक, आम नागरिक र नेपालमा आउने विदेशी नागरिकलाई समेत स्वास्थ्य बीमामा अनिवार्य आवद्ध हुने व्यवस्था मिलाइने बताए। यसले ‘युनिभर्सल हेल्थ कभरेज’ भन्ने सरकारको नाराले पूर्णता पाउनुका साथै स्वास्थ्य बीमा बोर्डको वित्तीय जोखिम कम गर्न कोशेढुङ्गा सावित विश्वास व्यक्त गरे । उनले छरिएर रहेका स्वास्थ्य सहायता तथा अनुदानका कार्यक्रमहरु समेत एकीकरण गर्दै लैजाने बताए। स्थानीय तहहरुले दिँदै आएको उपचार सहायता तथा स्वास्थ्य सेवाका कार्यक्रमहरुलाई समेत बोर्डअन्तर्गत ल्याइने उनको भनाइ छ ।

उनले भने, ‘सबै तहका जनप्रतिनिधि, नेपाल सरकारका विभिन्न निकायमा कार्यरत कर्मचारी, संगठनिक संस्थामा कार्यरत व्यक्तिहरु, वैदेशिक रोजगारमा जाने व्यक्ति र तिनका परिवार, आम नागरिक र नेपालमा आउने विदेशी नागरिकलाई समेतलाई स्वास्थ्य बीमामा अनिवार्य आवद्ध हुने व्यक्त मिलाइनेछ । जसले गर्दा युनिभर्सल हेल्थ कभरेजको सरकारको नाराले पूर्णता प्राप्त गर्नेछ । र स्वास्थ्य बीमा बोर्डको वित्तीय जोखिम कम गर्नलाई यो कोशेढुङ्गा सावित हुने हामीले ठानेका छौं । त्यस्तै छरिएर रहेका स्वास्थ्य सहायता तथा अनुदानका कार्यक्रमहरुको एकीकरण, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल सरकारका विभिन्न निकायबाट स्वास्थ्य सेवाका धेरै कार्यक्रमहरु समानान्तर रुपमा सञ्चालनमा छन् । यसैगरी प्रदेश सरकार, स्थानीय तहले पनि नागरिकलाई सहज उपचारका लागि सहयोग तथा अनुदान प्रदान गर्दै आएका छन् । यसरि छरिएर रहेका कार्यक्रमहरुलाई एकीकृत गरी स्वास्थ्य बिमा बोर्ड अन्तर्गत ल्याइनेछ ।’

सबै तहका स्वास्थ्य अनुदानका सेवाहरु एकीकरण गर्न बोर्ड र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच कुरा अगाडि बढाइसकिएको समेत कार्यकारी निर्देशक काफ्लेले बताए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट