२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

भृकुटीमण्डपमा स्थान नपाएपछि राप्रपाले मंगलबारको आमसभा बल्खुमा गर्ने

सोमवार , चैत्र २४, २०८१

काठमाडौं । सरकारले भृकुटीमण्डपमा आमसभा गर्न नदिने भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार गर्न लागेको आमसभा बल्खुमा गर्ने भएको छ ।

राप्रपाले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँग भृकुटीमण्डपमा आमसभा गर्न अनुमति मागको थियो । तर कार्यालयले नेपाल शिक्षक महासंघ लगायतले माइतीघर बबरमहल क्षेत्रमा आन्दोलन जारी राखेको भन्दै राप्रपालाई बल्खु वा सिफल चौरमा कार्यक्रम गर्न भनेको थियो ।

राप्रपाका अनुसार राप्रपाले बागमती प्रदेशस्तरीय प्रदर्शन र आमसभा मंगलबार बल्खुमा गर्ने तय भएको छ।

प्रशासनले सुरक्षा कारण देखाउँदै भृकुटीमण्डपमा कार्यक्रम गर्न अनुमति नदिएपछि स्थान परिवर्तन गरेको हो ।

राप्रपाको यो आमसभा र प्रदर्शनलाई नवराज सुवेदी नेतृत्वको 'राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति' ले पनि समर्थन जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट