
काठमाडौं । आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा प्रदर्शनसहित आमसभा गर्दै छ । बल्खु क्षेत्रमा राप्रपाले प्रदर्शन र आमसभा गर्न लागेको हो ।
राप्रपाले स्थानीय प्रशासनसँग काठमाडौंको भृकुटीमण्डपमा आमसभा गर्न मागेको थियो तर प्रशासनले बल्खु वा सिफलमा एक रोज्न भनेपछि राप्रपाले बल्खु रोजेको हो ।
राप्रपाले आज बागमती प्रदेशस्तरीय विरोधसभा सहितको प्रदर्शन गर्नुका साथै बैशाख ७ गतेबाट काठमाडौं केन्द्रित आन्दोलन गर्ने जनाएको छ ।
प्रदर्शनको पूर्व तयारीका लागि सोमबार केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रदर्शन र सभालाई सभ्य, अनुशासित र भव्य बनाउने निर्णय गरेको थियो ।
गत चैत १५ गते भएको राजावादीको आन्दोलन हिंसात्मक भएपछि राप्रपाले आजको प्रदर्शन अनुशासित बनाउन विशेष जोड दिएको हो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend