२०८३, आषाढ २१ गते

आइतवार, आषाढ २१ गते २०८३

मौसम : अझै हटेन प्रदूषण, आज यी प्रदेशमा वर्षाको सम्भावना

बुधवार , चैत्र २६, २०८१

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बंगालको खाडीबाट भित्रिएको जलवास्पयुक्त हावाको समेत प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ।

हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ साथै देशभर तुवाँलो लागेको अवस्था छ ।

कोशी प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा देशका बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

काठमाडौँ विश्वकै प्रदूषित सहरको सूचीमा शीर्ष स्थानमा कायम रहेको छ । बुधबार बिहान ६ः४५ बजेको मापन अनुसार काठमाडौँ आईक्यू एयरको सूचीको शीर्ष स्थानमा रहेको हो । मंगलबारको तुलनामा प्रदूषण भने केही कम भएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट