२०८३, आषाढ २१ गते

आइतवार, आषाढ २१ गते २०८३

सुनकोशी गाउँपालिकाद्वारा अन्तर जातीय विवाह गर्ने १२ जोडीलाई नगदसहित सम्मान

बुधवार , चैत्र २६, २०८१

काठमाडौं । सुनकोशी गाउँपालिकाले अन्तर जातीय विवाह गर्नेलाई सम्मान गरेको छ ।

विद्यमान जातीय विभेद, हिंसा, कुरिती कुसंस्कार अन्त्य गरि समुन्नत समावेशी एवम् छुवाछूत मूक्त सुनकोशी गाउँपालिका निर्माणका लागि अन्तरजातीय विवाहित जोडी सम्मान कार्यक्रम थालेको गाउँपालिकाले जनाएको छ ।

संघीय साँंसद लेखनाथ दाहाल (राजन) को उपस्थितिमा गाउँपालिकाले सोमाबार एक कार्यक्रमकाबीच अन्तर जातीय विवाह गर्ने १२ जोडिलाई नगद २८ हजार रुपैयाँ सहित दोसला र प्रमाण पत्र दिइ सम्मान गरेको छ ।

छुवाछूत मुक्त्त गाउँपालिका बनाउनका लागि अन्तर जातीय जोडिलाई सम्मान गरीएको गाउँपालिकाले जनाएको हो । कार्यक्रममा बोल्दै सांसद दाहालले समाजमा रहेको जातीय विभेद हटाउन सुनकोशी गाउँपालिकाले थालेको यो कदमले भूमिका खेल्ने बताए ।

उक्त कार्यक्रममा सुनकोशी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लगाएत सातै वडाका अध्यक्षज्युहरु र सदस्यहरुको उपस्थिति रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट