२०८३, आषाढ २१ गते

आइतवार, आषाढ २१ गते २०८३

आपत्तिजनक भाषा प्रयोगप्रति एनआरएनए दक्षिण कोरियाका अध्यक्ष बुद्धि गुरुङको आपत्ति

बुधवार , चैत्र २६, २०८१

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाका अध्यक्ष बुद्धि गुरुङले एक सार्वजनिक कार्यक्रममा आफूमाथि गरिएका अमर्यादित अभिव्यक्तिप्रति कडा आपत्ति जनाएका छन्।

नेपाल सरकारका माननीय राज्यमन्त्री अरुण कुमार चौधरी, एनआरएनएका पूर्व अध्यक्ष शेष घले लगायत विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको कार्यक्रममा, महामहिम नेपाली राजदूत र गुरुङ्लालाई लक्षित गर्दै प्रयोग गरिएको तुच्छ र आपत्तिजनक भाषाप्रति सामाजिक संजाल फेसबुक मार्फत गुरुङले गम्भीर असन्तोष व्यक्त गरेका हुन्।

गुरुङले जारी गरेको वक्तव्यमा यस्तो व्यवहारले न केवल व्यक्तिगत गरिमा, तर संस्थागत मर्यादा र सम्पूर्ण प्रवासी नेपाली समाजको सम्मानमाथि पनि आघात पुर्याएको उल्लेख छ। उनले यस्ता गैरजिम्मेवार अभिव्यक्तिहरूको घोर भर्त्सना गर्दै सम्बन्धित पक्षहरूलाई भविष्यमा यस्ता गतिविधिबाट परहेज गर्न अनुरोध गरेका छन्।

ूम कसैसँग व्यक्तिगत दुश्मनी राख्दिन। म सधैं सभ्य र प्रक्रियागत समाधानमा विश्वास राख्छु, उनले स्पष्ट पारेका छन् । साथै उनले एनआरएनए दक्षिण कोरियाको ९ औं महाधिवेशनको सन्दर्भमा पनि गम्भीर प्रश्न उठाएका छन्। उनका अनुसार उक्त निर्वाचनमा पराजित उम्मेदवार बिपिन गुरुङले स्वघोषित रूपमा आफैँलाई अध्यक्ष घोषणा गर्नु, ुएकता महाधिवेशनु को नाटक मञ्चन गर्नु र त्यसकै आडमा चरित्र हत्या अभियान चलाउनु नियोजित विभाजनको प्रमाण रहेको उल्लेख गरेका छन् ।

उनले कोरियामा रहेका सम्पूर्ण नेपाली समुदायलाई शान्ति, एकता र सहकार्यको सन्देश फैलाउने आफ्नो अटूट प्रतिबद्धता पुनः व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट