२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

व्यवसायिक वातावरण बिग्रन नदिन सरकार प्रतिवद्ध छ्: प्रधानमन्त्री ओली

बिहिवार , चैत्र २७, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्थिरताका कारण व्यवसायिक वातावरण बिग्रन नदिन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको ५९ औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अस्थिर सरकारका कारण मुलुकमा विगतमा लगानीको वातावरण बिग्रिएपनि अब त्यस्तो अवस्थाको अन्त्य भएको बताएका हुन् ।

उनका अनुसार नीतिगत अस्थीरताले लगानीको वातावरण विगतमा बिग्रेको थियो । देशमा भ्रष्टाचारको न्युनिकरण र अन्त्य गर्न सरकार कटिवद्ध रहेको पनि बताए। प्रधानमन्त्री ओलीले जनतालाई सेवा सुविधा पुर्‍याउनका लागि संघीय प्रणाली स्थापित गरिएको बताए ।

उनले भने, ‘सरकारको विश्वसनीयता, सरकारका नीतिहरु छिनछिनमा अनपेक्षित तवरले बदलिने, व्यवसायीक क्षेत्रमा नकारात्मक असर पार्ने, उत्तरदायित्व नलिने, अघिल्लो सरकारले ल्याएका राम्रा कुराहरु पनि उच्चरण नगर्ने, नीतिगत अस्थीरताको अन्त्य गर्न यो सरकार बनेको हो । देशमा भ्रष्टाचारको न्युनिकरण र अन्त्य, सुशासनसँगै सेवा प्रवाह कसरी सहज गर्न सकिन्छ भन्नेमा सरकार लागेको छ । संघीयताको शुरु शुरुमा हेरेक पालिका ठाउँठाउँमा कर उठाउन बाँस तेर्साए । आफैँ सरकार हो, ट्याक्स लगाउने अधिकार छ भने एउटा बाँस किन नतेर्साउने बाटामा, बाँस तेर्साइ हालौँ, कर उठाइ हालौं । अधिकारका लागि लाडियो, अधिकार छ, अधिकारको प्रयोग गरिन्छ भन्ने बुझाइ भयो ।’

सरकार र निजीको सम्बन्ध नमूनाको हिसावले अघि बढेको बताउँदै प्रधानमन्त्री ओलीले आगामी दिनमा समेत सरकारले नीजि क्षेत्रलाई साथमा लिएर हिँड्ने उद्घोष गरे ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट