२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

अर्थतन्त्र बलियो बनाउन वार्षिक ५० लाख चिनियाँ पर्यटक भित्र्याउनेतर्फ लागौँः उपाध्यक्ष पाण्डे

शुक्रवार , चैत्र २८, २०८१

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले विश्वको स्थायित्व र राजनीतिक स्थिरताका लागि चीनको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित ‘नेपाल–चीन इकोनोमिक एण्ड बिजनेस समिट–२०२५’ लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले विश्वमा देखिएको राजनीतिक घटनाक्रमले राजनीतिक अर्डर नै फेरबदल हुनसक्ने अवस्था सिर्जना भएकाले चीनले सबैभन्दा बढी नजिकबाट नियालिरहेको बताए । उनले नेपालको कमजोर अर्थप्रणालीलाई बलियो बनाउन चीनसँग पर्यटन आदानप्रदान गर्ने वातावरण निर्माण गर्नुपर्ने बताए ।

वार्षिक ५० लाख चिनियाँ पर्यटक नेपाल भित्र्याउने वातावरण निर्माण गर्नसके छोटो समयमा नेपालको अर्थतन्त्र बलियो भइ जिडिपीमा ठूलो परिवर्तन हुने उनको भनाइ छ । उनले नेपालमा भएका विभिन्न उत्पादनमार्फत लाभ लिएर अगाडि बढ्नुपर्ने बताए। उनले उत्पादनमुखी भएर आफ्नो अर्थतन्त्र बलियो बनाउने क्षमता नभइ दाताहरुको सहयोगले मात्रै केही गर्न नसकिने बताए। नयाँ परिवेशबाट गुज्रिरहेको विश्वपरिवेशबाट नेपालमा पर्नसक्ने आर्थिक तथा राजनीतिक प्रभावबारे गम्भीरतापूर्वक सोच्नुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘नेपालको अहिलेको पछौटे स्थितिलाई अगाडि बढाउनका लागि हामीले उत्पादनमा केन्द्रित हुनुपर्छ । हाम्रा आफ्नै उत्पादनका क्षेत्र के हुन सक्छन् त्यसको छनोट गर्नुपर्छ र हाम्रो आर्थिक स्थितिलाई परिवर्तन गर्ने गरी लाग्नुपर्छ । त्यसको एउटा ठूलो सम्भाना टुरिजम होला । मान्नोस् चीन र नेपालमा वर्ष दिनमा ५० लाख मानिस आदानप्रदान गर्ने स्थिति बन्यो, चीनका ५० लाख पर्यटक नेपाल आउने स्थिति बन्यो भने र यो लगातार १० वर्ष यस्तो अवस्था बन्यो भने नेपालको जिडिपीमा ठूलो परिवर्तन आउँछ, नेपालको परक्यापिटा इन्कममा १० देखि १२ हजार डलर पुग्छ । हामी स्पेसिफिक भएर नेपालको विकास कसरी हुन सक्छ रु हामीसँग के उत्पादन छ र कसरी बेच्ने कसरी नेपाललाई लाभ हुन्छ यसतर्फ सोच्नु पर्ने छ । हामीसँग उत्पादन नभएसम्म हाम्रो अर्थतन्त्र हामीले नै निर्माण गर्ने अवस्था नभएसम्म दाताहरुले पनि केही गर्न सक्दैनन् । मित्रले सहयोग गर्दा पनि हामीसँग लिने क्षमता हुनुपर्छ, हाम्रो अहिलेको स्थिति दाताले दिँदा पनि लिन सक्ने क्षमता छैन । विश्वको परिस्थिति नै नयाँ ढंगले चेन्ज हुन्छ कि भन्ने ढंगले विश्व गुज्रिरहेको छ । त्यसको प्रभाव नेपालमा कस्तो पर्छ भन्ने हिसाबले हामीेले पनि हेरिरहेका छौँ र यो विश्व घटनालाई चीनले सबै भन्दा नजिकबाट अध्ययन गरीरहेको छ र विश्वको ग्लोवल अर्डरमा नयाँ किसिमको फेरबदल आउने सक्ने पनि देखिन्छ । यस्तो अवस्थामा चीनको भूमिका नेपाल तथा एशिया र सिङ्गो विश्वको स्थायित्व र स्थिरताका लागि पनि महत्वपूर्ण हुन्छ भन्ने मैले ठान्दछु।

उपाध्यक्ष पाण्डेले नेपालको आर्थिकलगायत विभिन्न क्षेत्रको विकासमा चीनको महत्वपूर्ण भुमिका रहेको बताए । उनले नेपाल सँधै एक चीन नीतिमा अडिग रहेको बताए।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट