२०८३, आषाढ २१ गते

आइतवार, आषाढ २१ गते २०८३

प्रदर्शनरत शिक्षकबारे प्रधानमन्त्रीः ‘आफ्नो मात्र हित हेरेर समस्या समाधान हुँदैन, भावनामा नबग्नुस् ’

शुक्रवार , चैत्र २८, २०८१

रुपन्देही । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरुले आफ्नो मात्र हित हेरेर समस्याको समाधान नहुने बताएका छन्।

शुक्रवार नेकपा (एमाले) ले बुटवलमा गरेको सभालाई सम्बोधन गर्दै उनले शिक्षकहरु भावनामा बगेको उल्लेख गर्दै यसले समाधान नदिने बताएका हुन । आफ्नो मात्र हित हेरेर नभई देशको आर्थिक अवस्था र राष्ट्रको क्षमता हेर्न महत्वपूर्ण रहेको उनको भनाइ छ । उनले रोकिएको शिक्षा ऐनलाई उपयुक्त ढंगबाट ल्याइने बताए। उनले सरकार शिक्षकका समस्या समाधान गर्न चाहिरहेकोले शिक्षकहरुले समेत आफ्नो बाध्यता बुझिदिनुपर्ने बताए ।

उनले भने, ‘शिक्षकहरु प्रदर्शनमा हुनुहुन्छ । मैले अस्ति पनि भनेको थिए । प्रदर्शनमा गइरहनुपर्ने थिएन । ऐन पहिलेदेखि रोकिएर बसेको छ । त्यसलाई हामी तुरुन्तै ल्याउँछौ भनेर भनिराखेका छौं । उपयुक्त ढंगले ऐन ल्याउँछौं । आफ्ना मात्रै हितहरुलाई हेरेर हुदैन, राष्ट्रहित कसरि हुन्छ, राष्ट्रको क्षमता के छ राष्ट्रको अहिलेको अर्थतन्त्रको स्थिति के छ र सरकारले के गर्न खोजिरहेको छ भन्ने कुरा बुझेर मात्र यस्ता कुराहरुको समाधान खोज्नुपर्छ । शिक्षक साथिहरुलाई म भन्न चाहन्छु भावना बगेर मात्र समस्याको समाधान हुँदैन । सरकार रहेक समस्याको समाधान गर्न चाहान्छ, तपाईका समस्या पनि समाधान गर्न चाहान्छ । तपाईहरुले पनि बुझ्नुपर्‍यो नि ।’

मुलुकमा विद्यमान समस्याको समाधान गर्नकै लागि वर्तमान सरकार गठन भएको उनको दाबी छ । उनले एक जना कर्मचारी निकाल्दा राजनीतिक दलहरुले रुवाबासी गरेको टिप्पणी समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार