२०८३, आषाढ २१ गते

आइतवार, आषाढ २१ गते २०८३

नेपाली मिडिया स्वतन्त्र र निष्पक्ष छन्ः कांग्रेस नेता जबरा

शनिवार , चैत्र २९, २०८१

‍‍‍ललितपुर । नेपाली कांग्रेस केन्द्रीय सदस्य उदय शम्शेर जबराले अन्य दक्षिण एशियाली देशका तुलनामा नेपाली ‘मिडिया’ स्वतन्त्र, निष्पक्ष र प्रभावकारी भएको बताएका छन् ।

नेपाल पत्रकार मञ्चको आज ललितपुरमा आयोजित सातौँ महाधिवेशनको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्यसमेत रहेका उनले नेपाली मिडिया समाजका पहरेदारका रुपमा क्रियाशील रहेकामा त्यसको सराहना गरे ।नेपाल पत्रकार महासङ्घका महासचिव रामप्रसाद दाहालले पत्रकारको हकहितका लागि पत्रकार महासङ्घ सधैँ क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे। सार्वजनिक प्रसारण सेवा नेपाल टेलिभिजनका नायब महाप्रबन्धक आरती चटौतले पत्रकारिता जोखिमपूर्ण पेसा भएको बताउँदै राज्यले पत्रकारिताको संवेदनशीलतालाई ध्यान दिनुपर्नेमा जोड दिइ‌न।

गौरीनारायण श्रेष्ठ मध्याह्न पुरस्कार चन्द्र सूर्यवाणी डटकमका सम्पादक सन्तोष मिश्रलाई, नाजीर उद्दीप स्मृति पत्रकारिता पुरस्कार चेतनराज सापकोटा, डा चुडाबहादुर श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार फोटोपत्रकार घनश्याम श्रेष्ठ र बल्लभ भण्डारी स्मृति पत्रकारिता पुरस्कार टेलिभिजन पत्रकार टङ्ककला तिमल्सिनालाई प्रदान गरिएको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार