२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

स्वास्थ्य पूर्वाधार विकासमा समुदायको सहभागिता अपरिहार्य छः अध्यक्ष दाहाल

मंगलवार , बैशाख २, २०८२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीयस्तरमा स्वास्थ्य पूर्वाधार विकासका लागि समुदायको सहभागिता अपरिहार्य भएको बताएका छन् ।

पार्टीको हुलाकी लोकमार्ग केन्द्रित अभियानअन्तर्गत नवलपुरको देवचुली नगरपालिका–१६ रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयमा आज आयोजित छलफलमा उनले चिकित्सालयलाई प्राकृतिक चिकित्सा शिक्षण अस्पताल तथा विश्वविद्यालयका रूपमा विकास गर्न आफ्नो पार्टीले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यसअघि चिकित्सालयलाई सङ्घीय सरकारबाट रु १३ करोड बजेट विनियोजन भएको जनाउँदै पूर्वप्रधानमन्त्री दाहालले प्रदेश सरकारले पनि प्राकृतिक उपचारसम्बन्धी स्वास्थ्य पूर्वाधारमा लगानी गर्नुपर्नेमा जोड दिएको उनको निजी सचिवालयले जनाएको छ ।

स्थानीय तहमा चिकित्सालयले प्रमुख स्वास्थ्य संस्थाका रूपमा परिचय बनाएकामा उनले खुसी व्यक्त गरे । छलफलअघि अध्यक्ष दाहाललगायत अभियान टोलीले उक्त चिकित्सालयको अवलोकन र नववर्षको शुभकामना आदानप्रदान गरेको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट