
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएको छ ।
मंगलबार दिउँसो प्रधानमन्त्री ओली र सभापति देउवाबिच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
त्यस्तै प्रधानमन्त्रीले आजै मन्त्रिपरिषद् बैठक बोलाएका छन् । साँझ ६ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सरकारलाई शिक्षकका माग सम्बोधन गर्न दबाब छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend