२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

कागेश्वरी मनोहरा नगरपालिकाले शुरु गर्यो 'एकीकृत सेवा केन्द्र', अब जनताको काम एउटै टेबुलबाट सकिने

बुधवार , बैशाख ३, २०८२

काठमाडौँ : सरकारी कार्यालयमा जनताको फाइल घुम्ने समयमा काम नहुने गुनासो बढेर जनता सरकारी काम प्रति निरास र हैरान भएको बेला कागेश्वरी मनोहरा नगरपालिकाले भने एउटै टेबुलबाट जनतालाई सबै सेवा दिने गरी 'एकीकृत सेवा केन्द्र' सञ्चालनमा ल्याएको छ।

नागरिकलाई हैरानी नहोस छिटो छरितो, पारदर्शी र प्रभावकारी ढंगले सेवा दिन सकियोस् भन्ने लक्ष्यसहित कागेश्वरी मनोहरा नगरपालिकाले एकीकृत सेवा केन्द्र सुरु गरेको जनाएको छ ।

एकीकृत सेवा केन्द्र शुरु भएपछी नगरपालिकाका सबै शाखाका विभागीय प्रमुखहरु लगायतका कर्मचारीहरु बिहान दश बजेदेखि दिउँसो साढे एकबजेसम्म एउटै स्थानमा बसेर सेवा प्रदान गर्नेछन्।

नगरपालिकाले "एक द्वार सेवा" प्रणालीलाई व्यवहारमा उतारेको जनाउदै नगरवासीहरूले अब सेवा लिने क्रममा झन्झट नहुने र समयको खेर जाने अवस्थाबाट मात्र मुक्त बनाउने छैन विभिन्न शाखामा फाइल बोकेर घुम्दा बेहोर्नुपर्ने सास्ती समेत सहज, सुलभ र तरिकाले सेवा लिने वातावरण समेत निर्माण गर्ने छ।

एक समारोहका बीच नगर प्रमुख उपेन्द्र कार्कीले एकीकृत सेवा केन्द्रको उद्घाटन गर्दै जनताको सुबिधा र सन्तुष्टिलाई प्राथामिकतामा राखेर यो अभियान सुरु गरेको बताए । उनले भने “हामीले जनताको सुविधा र सहज तरीकाले सेवा दिने उदेश्यलाई प्राथमिकतामा राखेर यो अभियान सुरु गरेका हौं। अब सेवाग्राहीलाई एउटै कामका लागि अनेकौं शाखा धाउनु पर्ने झन्झट अन्त्य भएको छ। यसले सेवाग्राहीको समय, खर्च र श्रमको उल्लेखनीय रूपमा बचत गर्ने अपेक्षा गरेका छौ ।

प्रशासन सेवा, कृषि, स्वास्थ्य , योजना, भुक्तानी , सिफारिस , नागरिकता सिफारिस, कर तिर्ने, व्यवसाय नवीकरण, प्रमाणिकरण तथा १४/१५ वटा शाखाले गर्ने सेवा लगायतका सबै सेवाहरू एउटै हलभित्रै उपलब्ध हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिला बताउछन । उनले भने, “यो अभ्यासले नागरिक र कर्मचारी दुवैलाई सजिलो बनाएको छ। सबै शाखाका प्रतिनिधिहरू एउटै स्थानमा रहँदा सेवाग्राहीले एकै ठाउँबाट सम्पूर्ण सेवा पाउने छन्।”

भवन निर्माण तथा वस्तु विकास शाखाकी प्रमुख ई. दिपा कार्की भन्छिन्, “हामीले सेवा दिने प्रक्रिया अझ सरल र नागरिकमैत्री बनाउन आजबाट नयाँ अभ्यास सुरु गरेका छौं। यसले सेवा लिनेहरूको विश्वास पनि बढ्नेछ। अब सेवाग्राहीलाई अनावश्यक फाइल बोकेर दौडिनु पर्दैन, शाखा प्रतिनिधिहरू आफैं समन्वयमा काम गर्छन्।”

 

आज सेवा लिन आएका नागरिकहरू पनि उत्साहित देखिएका थिए। विकास निर्माणका कामका लागि लालिगुराँस उपभोक्ता समिति दर्ता गर्न आएका टोकनाथ कोईराला भन्छन, “पहिले यस्तो काम गर्न धेरै कोठा धाउनु पर्थ्यो। आज त एउटै हलभित्र सबै शाखाका कर्मचारी बस्दा सजिलै काम भएजस्तो लाग्यो। अत्यन्त सहज र समय बचत भएको छ।”

अर्का सेवाग्राही राजनकुमार फुयालले नेपालको इतिहासमा कुनै पनि कार्यालयमा यस्तो सुविधा नदेखेको र पहिलो पटक कागेश्वरी मनोहरा नगरपालिकामा यस्तो सेवा सुरु भएकोमा हर्षित हुँदै खुसी ब्यक्त गर्छन । उनी भन्छन, "अब कोठा–कोठा धाउनु पर्ने बाध्यता हटेको छ, सेवा लिन आउँदा जनताले सहज महसुस गर्न थालेका छन्। यस्तो सेवा कहि देखेको थिएन पहिलो पटक हाम्रो नगरपालिकामा देख्दा खुसी लागेको छ ”

नगरपालिकाले आगामी दिनमा यो अभ्यासलाई अझ प्रभावकारी बनाउँदै थप प्रविधि मैत्री बनाउने तयारी गरेको छ। जनतामुखी सेवा प्रवाहमा नयाँ अध्यायको सुरुवात गरिएको भन्दै नगर प्रमुख कार्कीले अन्य स्थानीय तहहरूलाई पनि यस्तै अभ्यास गर्न आग्रह गरे।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट