२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

सत्ताधारी संयन्त्रको बैठक बस्दै

बुधवार , बैशाख ३, २०८२

काठमाडौं । बुधबार दुई दलीय संयन्त्रको बैठक बस्दैछ।

साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संयन्त्रको बैठक बस्ने नेकपा एमाले का उपमहासचिव बिष्णु रिमालले जानकारी दिए । बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइएको छ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको थियो । भेटमा शिक्षक आन्दोलन लगायत पछिल्लो परिस्थितिको विभिन्न समस्या समाधानका लागि संयन्त्रको बैठक बोलाउने समझदारी बनेको थियो ।

संयन्त्रमा शिक्षक आन्दोलनको विषय र त्यसलाई समाधानका उपायबारे छलफल हुने बताइएको छ। शिक्षकहरुको माग सम्बोधन गर्न सरकारले चासो नदेखाएको भन्दै संयन्त्रकै सदस्यहरूले आलोचना गर्दै आएका छन्।

सरकारले वैशाख १२ गते सुरू हुनेगरी संघीय संसदको बर्खे अधिवेशन बोलाएको छ। सोही अधिवेशनमा विद्यालय शिक्षा विधेयक टुंगो लगाइने भएकाले शिक्षकहरुलाई आन्दोलन फिर्ता गरी कक्षाकोठामा फर्कन सरकारले आह्वान गरेको थियो।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट