आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

२०८४ सम्म सरकारमा जाँदैनौँः अध्यक्ष दाहाल

२०८४ सम्म सरकारमा जाँदैनौँः अध्यक्ष दाहाल

लुम्बिनी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले हुलाकी राजमार्ग अभियानले २०८४ सम्म सरकारमा नजाने पार्टीको निर्णयमा थप दृढता भएको बताएका छन् ।

हुलाकी राजमार्गकेन्द्रित जागरण अभियानका क्रममा बिहीवार रुपन्देहीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले फेरि सरकारमा गएर त्रुटी गर्ने पक्षमा आफू नरहेको बताए । जनतामा फेरि माओवादी केन्द्र प्रति विश्वास बढ्दै गएको कारण सरकारमा जान हतार नगर्ने उनको भनाइ छ । उनले भ्रष्टाचारी र भूमाफियाहरुविरुद्धको अभियान चलाएकै कारण आफू नेतृत्वको सरकार ढलेको जिकिर गरे । उनले भ्रष्टाचार विरुद्धको अभियान छोडेको र केही भ्रष्टाचारीहरुको संरक्षण गरेको भए काँग्रेस र एमालेको समर्थन पाइराख्ने दाबी गरे।

उनले भने, ‘अहिले आम जनताले फेरि एकचोटि हाम्रो भरोसा माओवादी केन्द्रतिर, माओवादी नेतृत्वतिर र प्रचण्डतिर छ भनेर भावुक बनेर आउने हजारौं हजारको संख्या जुन देख्यौं । त्यसले हामीलाई थप जिम्मेवारी बोध भएको छ । सरकारमा चाँही ०८४ सम्म नजाने हाम्रो निर्णयमा एउटा दृढता पैदा भएको छ । सरकारमा जान हतार गरेको होला भन्ने लाग्न सक्छ । बेल्कुल होइन । हामी अब फेरि त्यो त्रुटी गर्ने पक्षमा छैनौं । यदी कुर्सी प्राप्तिको लागि जे पनि गर्ने भए मेरो कुर्सी जाने वाला नै थिएन । म काँग्रेस वा एमालेको समर्थन प्राप्त गरिराख्न सक्थे । यदि मैले भ्रष्टाचार विरुद्धको अभियान छोडिदिएको भए । राज्यको जमिन कब्जा गर्ने भूमाफियाहरुलाई छोडिदिएको भए । या केही भ्रष्टचारीहरुलाई संरक्षण गर्न अगाडि बढेको भए मेरो सरकार ढल्ने वाला नै थिएन । ’

उनले माओवादी केन्द्र ले व्यवस्थाको लागि लडेका वर्ग र समुदायमा जान ढिला भइसकेको महशुस भएको समेत बताए । उनले अभियानका क्रमा आफूहरुले विगतमा बाटो बिराएको र अहिले ठिक बाटोमा हिँडिरहेको आत्मविश्वास रहेको बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend