२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

विचार व्यक्त गर्नकै लागि हिंसा आवश्यक छैनः प्रधानमन्त्री ओली

बिहिवार , बैशाख ४, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विचार व्यक्त गर्दा सभ्य भाषा प्रयोग गर्नुपर्ने बताएका छन् ।

बिहीवार काठमाडौंमा आयोजित नेकपा एमालेको जनवर्गीय संगठन नेपाल राष्ट्रिय भुतपूर्व सैनिक तथा प्रहरी संगठनको महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन। उनले नेपालमा विगतमा द्वन्द्वरत पक्षलाई निर्वाचनको प्रतिष्पर्धाबाटै शान्तिपूर्ण राजनीतिमार्फत आफ्ना योजना अगाडि बढाउन सकिने बाटो देखाएर हिंसाको बाट छोड्न सहमत गराएको बताए । उनले विचार व्यक्त गर्नकै लागि हिंसा आवश्यक नभएको पनि उल्लेख गरे ।

विचार व्यक्त गर्नका लागि अमर्यादित तथा समाजलाई पाच्य नहुने गालीगलोजको भाषा प्रयोग हुनु सामाजिक र राजनीतिक दृष्टिकोणमा पनि गलत भएको उनको भनाइ छ । उनले नेकपा एमालेले विचारकै माध्यमबाट विगतमा निर्वाचन जितेर एकलौटी सरकार निर्माण गरेर ऐतिहासिक काम गरेको दाबी गरे। साशकले जनताको अधिकार खोस्ने तथा दमन गरेको अवस्थामा मात्रै जनता हिंसामा उत्रिनसक्ने उनको भनाइ छ ।

उनले भने, ‘द्वन्द्व नहुनु पथ्र्यो भयो, धेरै मेहेनतका साथ हामीले उहाँहरुसँग संवाद गरेर उहाँहरुलाई सम्झाएर । यो बाटोबाट कहीँ पुगिनेवाला छैन भनेर, र फेरि पनि प्राप्त गर्ने के हो कसैका विचारका लागि मुख थुन्ने तपाईलाई साध्य हुन्न । गलत क्रियाकलाप रोक्न सकिन्छ तर विचार रोक्न सकिँदैन । विचार व्यक्त गर्ने कुरालाई समुचित ढंगले व्यक्त गर्नुपर्छ । अश्लिल, असामाजिक, गालीगलोज अमर्यादित समाजलाई स्वीकार्य नहुने असभ्य भाषा शैली भावभंगीको प्रयोग उपयुक्त हुँदैन । विचार व्यक्त गर्न पाइन्छ सदैव खुल्ल छ । अनि फेरि प्रतिस्पर्धा गर्न पाइन्छ र जनताको बीचमा चाहिन्छ । द्वन्द्व शुरु हुनुभन्दा पहिले नेकपा एमालेले जितेर चुनाव जितेर एकल सरकार बनाएर ऐतिहासिक कामहरु गरी सकेको छ । ति ऐतिहासिक कामहरुबाट त्रसित भएर अरुको अस्तित्व संकटमा परेको महशुस गरेर अनेक तरिका अपनाएर नेकपा एमालेलाई त्यसबेला सरकारबाट विस्तावित गरिएको थियो । ति कुराहरु उहाँहरुलाई बुझायौँ । शान्तिपूर्ण ढंगले शान्तिपूर्ण बाटोबाट अगाडि जान र सरकार बनाउन सकिन्छ आफ्ना नीतिहरु कार्यान्वयन गर्न सकिन्छ भने हिंसाको बाटो किन चाहियो हिंसा त त्यतिबेला स्वीकार्य हुनसक्छ जति बेला निहत्ता जनतालाई सत्ताले दमन गर्छ अधिकार खोस्छ अधिकार दिँदैन र अधिनायकवादी जहानीयाँ शासन राणा होस् या शाह होस् जन्मसिद्धको श्रेष्ठताको सिद्धान्तको आधारमा जन्मदै कोही राजा हुन जन्मिने कोही श्री ३ हुन जन्मिने श्री ५ हुन जन्मिने यस्ता भ्रमपूर्ण र मूर्खतापूर्ण कुरालाई वास्तवमा अस्वीकार गरेर जनताले अगाडि जान सक्ने अवस्था छ । यसकारण हिंसा रोकनुस् भनेर हिंसा रोकन लगाइयो ।’

प्रधानमन्त्री ओलीले नेपालमा भएको द्वन्द्व पीडितहरुको न्यायका लागि शान्ति निरुपण तथा बेपत्ता छानबिन आयोग बनाएर काम अगाडि बढाउन राजनीतिक कारणले ढिलाइ भएपनि अब त्यसका लागि सरकारले काम अगाडि बढाइसकेको बताए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट