
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को केन्द्रीय समिति बैठक आज बनस्थलीस्थित घण्टिघरमा सुरु भएको छ। बैठकमा पार्टीको आन्तरिक गतिविधि, महाधिवेशन तयारी, र समसामयिक राजनीतिक घटनाक्रमबारे गहन छलफल हुने बताईएको छ ।
बैठकको पृष्ठभूमिमा सार्वजनिक चासोको विषय बनेकी सहमहामन्त्री एवं सांसद सुमना श्रेष्ठको राजीनामाको विषयले पनि महत्त्वपूर्ण स्थान ओगट्ने अनुमान गरिएको छ। राजीनामा स्वीकृत हुन्छ कि अस्वीकृत तर नेतृत्व तहमा यसबारे चासो र रणनीतिक छलफल हुनेमा दुईमत छैन।
पार्टी भित्रको आन्तरिक समीक्षा र भावी रणनीतिमा यो बैठकले निर्णायक मोड दिने अपेक्षा गरिएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend