आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

प्रधानमन्त्रीलाई काम गर्न गाह्रो भएको हो भने ‘प्रधानमन्त्रीकै’ टिम बनाऔंः महामन्त्री शर्मा

प्रधानमन्त्रीलाई काम गर्न गाह्रो भएको हो भने ‘प्रधानमन्त्रीकै’ टिम बनाऔंः महामन्त्री शर्मा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको कार्यशैलीलाई बदल्नुपर्ने बताएका छन् । महामन्त्री शर्माले मौन धारण गरेर सरकार सफल नहुने बताएका हुन । उनले सरकार सफल हुने भनेकै कमी,कमजोरी केलाएर हुने भन्दै आफू संलग्न सरकारको सफलताको लागि बोल्नु आफूहरूको कर्तव्य रहेको बताए । उनले वर्तमान सरकार कायमै रहने भएकोले सरकारको कार्यशैली बदलेर अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘यो सरकार कायम रहन्छ । सरकार चल्नुपर्छ र सरकारले आफ्नो कार्यशैली बदल्नुपर्छ । सरकार सफल हुने भनेको मौन धारणा गरेर हो र रु सरकार सफल हुने त कमजोरी केलाएर हो नि । आफू संलग्न भएको सरकारको सफलताको लागि सरकार यहाँ तिमी चुक्दैछौ, यहाँ तिमी चुक्दैछौ । यहाँ तिमी ढिलाइ गर्दै छौँ भनेर बोल्ने कर्तव्य त पार्टीका पदाधिकारीहरूको बन्छ नि ।’

महामन्त्री शर्माले प्रधानमन्त्रीलाई काम गर्न गाह्रो परेको भए जो प्रधानमन्त्री उसकै पार्टीको टिम हुनेगरी सहमत हुनुपर्ने प्रश्ताव राखे । उनले एमालेबाट प्रधानमन्त्री हुँदा खेरी एमालेको टिम र काँग्रेसबाट प्रधानमन्त्री हुने बेलामा काँग्रेस टिम हुनेगरी सहमत हुनेगरी विकल्प प्रश्तुत गरे ।

शर्माले भने, ‘जो प्रधानमन्त्री उसैको टिम । यसमा सहमत होऔँ । काँग्रेसका मन्त्रीहरूका कारण काम गर्न गाह्रो भयो भने प्रधानमन्त्रीलाई भन्नुपयो । एमालेको प्रधानमन्त्री हुँदा खेरी एमालेको टिम दिने टोटल । बरु, अरू साना दललाई गाँसौँला, काँग्रेस बाहिरिने । काँग्रेस बाहिरिँदा विपक्षीको बेन्चमा होइन, सत्ता पक्षको बेन्चमा बस्ने, सरकारलाई साथ दिने, कमजोरीप्रति प्रश्न गर्ने । भोली काँग्रेसको प्रधानमन्त्री बन्ने बेलामा काँग्रेसको टिम हुन्छ, एमालेले बाहिर बसेर सरकारलाई सहयोग गर्छ, कमीकमजोरीप्रति प्रश्न गर्छ ।’

उनले सबैभन्दा उत्तम विकल्प सरकारको गति बढाउनु नै रहेको जिकिर गरे । कुनैपनि बहाना बनाएर सरकारको कार्यसम्पादनमा भएको ढिलाइको दोष लगाउन नहुने बताए । उनले पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहालले दिएको अभिव्यक्तिको जवाफ दिँदै सरकारको आलोचनालाई आक्रमण कम र सरकारको गति रूपान्तरणको लागि बोलिएको रूपमा हेर्न आग्रह गरे ।

शर्माले भने, ‘सबैभन्दा उत्तम विकल्प, सरकारको गति बढ्नुपर्छ । कुनैपनि यो वा त्यो, इन्तु–परन्तु, इफ–बट भनिराखेर सरकारलाई ढिलाइ भएको कुरामा कसैलाई दोष लगाएर हुँदैन । पूर्वप्रधानमन्त्री प्रचण्डलाई म भन्न चाहन्छु, सरकारमाथिको आक्रमण कम, सरकारको गति रूपान्तरणको लागि बोलिएको हो । यो सरकार रहन्छ, रहनुपर्छ ।’

उनले काँग्रेस सभापति शेरबहादुर देउवा समेत कामको गति बढाउनुपर्ने पक्षमा रहेको प्रस्ट पारे । उनले शिक्षकका माग सम्बोधन गर्न, गभर्नर नियुक्ति, एआइजी नियुक्ति लगायतका कामहरूमा अब ढिलाइ गर्न नहुने समेत बताए ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend