२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

राप्रपाले वैशाख ७ मा काठमाडौंको निषेधित क्षेत्रमा आन्दोलन गर्ने: राजेन्द्र लिङ्देन

बिहिवार , बैशाख ४, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा ले यही वैशाख ७ गते काठमाडौंका निषेधित क्षेत्रमा आन्दोलन गर्ने निर्णय गरेको छ ।

बिहीवार पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बसेको पार्टी केन्द्रिय कार्य सम्पादन समितिको बैठक यस्तो निर्णय गरेको पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले बताए। उनले सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रताको हकलाई संकुचित पार्ने प्रयास गरेका कारण निषेधित क्षेत्रमै आन्दोलन गर्ने निर्णय गरिएको बताए। उनका अनुसार बैठकले पार्टी संगठन बिस्तार र आन्दोलनलाई सँगसँगै लैजाने निर्णय समेत गरेको छ ।

उनले वैशाख ९ गते ७७ वटै जिल्लामा विरोध सभा, धर्ना र प्रदर्शनका कार्यक्रम आयोजना गर्ने निर्णय समेत गरेको छ । उपत्यकाका प्रत्येक वडामा संगठन मजबुत बनाउँदै आन्दोलनकेन्द्रित गर्ने पनि निर्णय भएको उनले बताए । उनले तीनकुने आन्दोलनपछि पक्राउ परेका नेताहरुको रिहाईको लागि राजनीतिक एवं कानूनी लडाईं सशक्त रुपमा अगाडी लैजाने निर्णय भएको बताए ।

उनले भने, ‘आज बसेको हाम्रो पार्टी कार्य सम्पादन समितिको बैठकले पार्टी संगठन र आन्दोलनलाई सँगसँगै लैजाने निर्णय गरेको छ । त्यसक्रममा यही वैशाख ७ गते काठमाडौंको निषेधित क्षेत्रमा आन्दोलन गर्ने निर्णय पनि गरेका छौं । त्यसैगरी वैशाख ९ गते ७७ वटै जिल्लामा विरोध सभा, धर्ना र प्रदर्शनहरुको कार्यक्रमहरु आयोजना गर्ने निर्णय गरेको छ । उपत्यकामा सबै वडा तहसम्म सबै नेताहरु पुग्ने र संगठनलाई अझै मजबुत बनाउने र आन्दोलन केन्द्रित बनाउने निर्णय गरेको छ । पक्राउ परेका हाम्रा पार्टीका नेताहरुलाई तत्काल रिहाई गर्न सरकारसँग माग गर्ने र रिहाईको लागि कानूनी र राजनीतिक लडाईंलाई सशक्त रुपमा अगाडि लैजाने निर्णय भएको छ । र राष्ट्रिय प्रजातन्त्र पार्टीका आन्दोलनसँग सम्बन्धित कार्यक्रमहरुलाई व्यवस्थित गर्न एउटा विशेष कमिटी बनाउने समेत निर्णय भएको छ।’

उनले पार्टीका आन्दोलनसम्बन्धी कार्यक्रमहरुलाई व्यवस्थित गर्न एउटा विशेष कमिटी गठन गरिएको बताए । आन्दोलनका थप कार्यक्रम पछि तय गरिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट