२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

राजनीति गर्नेहरुकै कारण देश खत्तम भयो भन्ने भाष्य विकास हुँदै गयोः मन्त्री राणा

बिहिवार , बैशाख ४, २०८२

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले राजनीति गर्नेहरुकै कारण देश खत्तम भयो भन्ने भाष्यको विकास हुँदै गएको बताएकी छन् ।

बिहीवार सात प्रदेशको चित्र एउटै क्यानभासभित्र पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन। उनले राजनीति गर्नेहरुकै कारण मुलुकमा सधैं असहज परिस्थिति बन्ने गरेको तर्क गरिन। उनले आफू परराष्ट्रमन्त्री भइसकेपछि विदेश भ्रमणका क्रममा कसैबाट पनि नेपालप्रति नकारात्मक प्रतिक्रिया नपाएको सुनाईन ।

नेपाललाई हेर्ने विश्व समाजको नजर एकदमै सकारात्मक रहेको उनको भनाइ छ । उनले सही किसिमको राजनीति नभएकै कारण युवाहरु विदेश पलायन हुने र देशभित्र आन्दोलन भइरहने स्थिति आएको समेत बताईन।

उनले भनि, ‘किन हाम्रो देशमा सधैं संघर्ष हुन्छ । कहिले सडक आन्दोलन, कहिले धर्ना । किन हामी यसमा समय खर्च गरिरहेका छौं ,यो एउटा गम्भिर प्रश्न बन्दै गएको छ । कहिले काँही लाग्छ कि हामी राजनीति गर्ने मान्छेहरु नै यसको दोषि हो कि । जहिले पनि एउटा किसिमको असहज परिस्थिति बनाइराख्ने, यो पुगेको छैन, त्यो पुगेको छैन, देश खत्तम भयो भन्ने सोचको विकास गरेर लग्ने यो हामी राजनीति गर्नेहरुकै दोष हो कि जस्तो पनि लाग्छ । अहिले म परराष्ट्रमन्त्री भएपछि धेरै देशहरु गए । धेरै देशको मान्छेहरुसँग मैले आफ्नो कुराहरु आदान प्रदान गर्ने मौका पाए । तर अहिलेसम्म एउटा मान्छे पनि भेटिन जसले तिम्रो देश खत्तम भयो, विकास भएको छैन, तिमीहरुको देशमा आउँदिन भन्ने एउटा पनि मान्छे भेटिनँ । हामी नेपालीलाई हेर्ने दुनियाको नजर एकदमै सकारात्मक छ । हामी देशभित्र बस्नेले चाँही किन नकारात्मक बनाइरहेका छौं ।’

सबैले आफ्नो मुुलुकलाई चिनेर समृद्धिको यात्रामा अघि बढ्न जरुरी रहेको उनको भनाइ छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट