काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को केन्द्रीय समिति बैठकले पार्टीको राष्ट्रिय महाधिवेशन आगामी २०८२ फागुन ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय गरेको छ। हाल पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जारी बैठकले सर्वसम्मत रूपमा उक्त मिति तय गरेको हो।
बैठकले महाधिवेशनअघि संगठनात्मक संरचना मजबुत पार्न विभिन्न तहका अधिवेशनका समयसमेत तोकेको छ। उक्त निर्णय अनुसार २०८२ असोजसम्म वडा अधिवेशन, कात्तिकसम्म पालिका अधिवेशन, मंसिरसम्म जिल्ला अधिवेशन, र माघ १५ सम्ममा प्रदेश अधिवेशन सम्पन्न गर्नेछ।
हालसम्म पार्टीले १,९७५ वटा वडा समिति गठन गरिसकेको छ, जसमध्ये ७०० वटामा अधिवेशन सम्पन्न भइसकेको छ। यस्तै, ७५३ पालिकामध्ये ४५८ वटामा समिति गठन भइसकेको छ भने ७० जिल्लामा भेला आयोजना गरी समितिहरू गठन गरिएका छन्। त्यसैगरी सातैवटै प्रदेशमा पनि समिति गठन भइसकेको पार्टीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस