आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा पाइने

एनसेल एपमार्फत अनलाइन रिचार्ज गर्दा बोनस डेटा पाइने

काठमाडौं । एनसेलका ग्राहकहरूले अब एनसेल एप प्रयोग गरी रु. १०० वा सोभन्दा बढीको अनलाइन रिचार्ज गर्दा बोनस डेटा प्राप्त गर्न सक्ने भएका छन्।

ग्राहकको डिजिटल अनुभवलाई अझ सहज र प्रभावकारी बनाउने उद्देश्यले डिजाइन गरिएको एनसेल एपले विभिन्न उपयोगी सेवा र सुविधाहरू प्रदान गर्छ।

एनसेल एपमार्फत रु. १०० देखि रु. २०० सम्मको अनलाइन रिचार्ज गर्दा ग्राहकले १ दिनका लागि २०० एमबी बोनस डेटा पाउनेछन्। त्यसैगरी, रु. २०० वा सोभन्दा बढीको रिचार्जमा ३ दिनसम्म मान्य ५०० एमबी बोनस डेटा प्राप्त गर्न सकिनेछ। तर, स्क्र्याच कार्ड प्रयोग गरेर गरिएको रिचार्जमा भने यो बोनस सुविधा लागू हुने छैन।

उक्त बोनस योजनाले ग्राहकलाई डिजिटल माध्यमको प्रयोगमा प्रोत्साहन गर्नुका साथै थप डेटा सुविधाको फाइदा दिन्छ। साथै, एनसेल एपमार्फत उपलब्ध अन्य सेवा तथा सुविधाहरूले प्रयोगकर्ताको अनुभवलाई अझ उपयोगी बनाएको छ।

यो एप प्रयोग गरेर ग्राहकहरूले डेटा वा भ्वाइस प्याक, सधैं अन प्याक तथा रिन्यूअल प्याकहरू सक्रिय गर्न, अनलाइन रिचार्ज गर्न, आफ्नो सेवा प्रयोगको विवरण हेर्न, डेटा र भ्वाइस एक अर्कामा परिवर्तन गर्न तथा प्याक उपहारस्वरूप पठाउन सक्ने सुविधा पाउँछन्।

अन्य सेवाहरूमा अनलाइन/अफलाइन गेम, अनलाइन समाचार, मासिक बिल विवरण हेर्ने, सेवा सक्रिय वा निष्क्रिय गर्ने, रोमिङ सेवा लगायतका विविध सुविधाहरू पनि उपलब्ध छन्।

छिटो वा दीर्घकालीन रूपमा विदेश जाने ग्राहकहरूका लागि समेत एनसेल एप एक भरपर्दो सेल्फ सर्भिस टुल बनेको छ, जसले उनीहरूलाई रिचार्ज, प्याक खरिद र रोमिङ सेवा मार्फत सजिलै सम्पर्कमा रहन सहयोग गर्छ।

ग्राहकहरूले एनसेल एप गुगल प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गरी यी सबै सुविधाहरूको लाभ लिन सक्नेछन्।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend