काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा सांसद मोहनबहादुर बस्नेतले परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा नेपालको पहिलो महिला प्रधानमन्त्री बन्नसक्ने बताएका छन्।
सिन्धुपाल्चोकको तातोपानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । परराष्ट्रमन्त्री राणा कार्यक्रममा प्रमुख अतिथी बनेर पुगेकी थिइन्। उनले महिलाहरु प्रधानन्यायधिश, प्रतिनिधि सभाको सभामुखलगतय महत्वपूर्ण पद ग्रहण गरिसकेको स्मरण पनि गरे।
उनले राणाको प्रशंसा गर्दै भने, ‘त्यो योग्यता र क्षमता महिलाहरुले प्रदर्शन गर्नुभएको छ। उहाँ कांग्रेसको प्रभावशाली केन्द्रीय सदस्य, मन्त्रिपरिषद्मा पनि परराष्ट्रमन्त्रीको हैसियतले, कूटनीतिक हिसाबले नेपालको स्वार्थअनुकूल अभिव्यक्तिले पनि प्रभाव राख्न सक्ने हैसियत राख्ने मान्छे। आगामी दिनको पहिलो महिला प्रधानमन्त्री बन्न सक्नुहुन्छ। त्यो विषयमा पनि हामी शुभकामना व्यक्त गर्न चाहन्छौं मात्र होइन, हामी तपाईँका प्रत्येक कदममा साथ दिन पनि चाहन्छौं।’
प्रतिक्रिया दिनुहोस