२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

संघीय कानून नबन्दा प्रदेश सरकार बुख्याँचा जस्तो भयोः मन्त्री लामिछाने

शनिवार , बैशाख ६, २०८२

काठमाडौं । वागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछानेले प्रदेश सरकार शान्ति सुव्यवस्था कायम गर्ने र अपराध नियन्त्रण गर्ने कुरामा भुमिका बिहीन भएको बताएका छन्।

काठमाडौंमा शनिावर आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले संघ सरकारले आवश्यक कानून नबनाइदिँदा प्रदेश सरकारको भुमिका शुन्य देखिएको बताएका हुन । उनले संघीय कानूनहरु नबन्दा अहिले प्रदेश सरकारले पर्फमेन्स शुन्य देखिएको र नागरिकको नजरमा पनि प्रदेश सरकारको आवश्यकता नरहेको भन्ने भ्रम पैदा भएको बताए। उनले संघ सरकारले छिटो भन्दा छिटो संघीय कानून बनाएर प्रदेश सरकारलाई अधिकार हस्तान्तरण गर्नुपर्ने बताए।

प्रदेश सरकार गठन भएको ७ वर्ष भइसक्दा पनि संघीय निजामति, संघीय प्रहरी ऐन र शिक्षा ऐन लगायतका विषयहरु संघीय कानून नभएको कारणले प्रदेश सरकार बुख्याँचा जस्तो भएको टिप्पणी गरे । समय सापेक्ष कानून नहुँदा प्रदेश सरकारलाई काम गर्न धेरै कठिनाइ भइरहेको उनको भनाइ छ ।

मन्त्री लामिछानेले भने, ‘संघीय कानून नबन्दा, शिक्षा विधेयक नआउँदा अहिले १५ दिनदेखि देशभरका शिक्षकहरु आन्दोलनरत हुनुहुन्छ । प्रदेशको हकमा पनि संघले बनाइदिनुपर्ने कानूनहरु संघले नबनाइदिँदा प्रदेश सरकार गठन भएको ७ वर्ष भइसक्दा पनि संघीय निजामति, संघीय प्रहरी ऐन र शिक्षा ऐन लगायतका विषयहरु संघीय कानून नभएको कारणले प्रदेश सरकार बुख्याँचा जस्तो भएको छ । अधिकार नभएको गृहमन्त्री, सञ्चार गृहहरु नभएको म सञ्चारमन्त्री । मैले बनाएको कानून संघीय कानूनसँग जुध्छ । संघीय कानून १२ सालको छ । त्यसको कानूनमन्त्री । तीन वटा मन्त्रालय सम्हालेको छु । तर अधिकार बिहीन छु । संघले समय सापेक्ष रुपमा कानून नबनाइदिएको र बनाइदिएको कानून पनि समय सापेक्ष नगरिदिँदा काम गर्न अत्यन्त कठिन भएको छ । नेपालमा संघको प्रभाव प्रदेशमा पनि रहेको छ । त्यसलाई जतिसक्दो छिटो हटाउनुपर्छ । हामी गठबन्धन हुँदा काम गर्न अफ्ठ्यारो त छैन । समस्या भनेकै संघीय कानून समयानुसार नभएकाले हो । कर्मचारी आएर पनि प्रदेशमा धेरै दिन नबस्ने । तीन महिना जतिमा सरुवा भइरहने । सरकार भन्नासाथ शान्ति सुव्यवस्थाका विषय आउँछ, अपराध नियन्त्रणका कुरा आउँछन् । त्यसमा हाम्रो भुमिका विहीन हुन्छ । जनताले अपेक्षा गरेअनुसार डेलिभरि त्यसकारण देखिएको छैन ।’

जनताले प्रदेश सरकारको भुमिका देख्नको लागि संघ सरकारले जतिसक्दो छिटो कानून बनाइदिनुपर्ने बताए। उनले प्रदेश सरकारको काम नीति तथा कार्यक्रममा बढी केन्द्रित भएको जिकिर गरे।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट