राजनीतिक उठानमा जुन गतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) अगाडि बढेको थियो, त्यसको मुख्य इन्धन मानिएका नेता रवि लामिछानेको वर्तमान भूमिका र सम्भावित अनुपस्थितिबारे उठेका प्रश्नले अब रास्वपाको भविष्यमाथि गम्भीर बहस जन्माएको छ। के रवि बिना रास्वपा टिक्न सक्छ त?
रविको करिश्मा: असली ब्रान्ड वा क्षणिक आकर्षण?
रवि लामिछाने एउटा ब्रान्ड बने—टेलिभिजनबाट सिधै संसद्, अनि गृहमन्त्री। उनको स्पष्ट वाकशैली, जनताको आवाज बन्ने शैली, र स्थापित दलहरूप्रति आक्रोशको अभिव्यक्ति नै रास्वपाको पहिचान बन्यो। यिनै कारणले रास्वपाले २०८० सालको निर्वाचनमा अप्रत्याशित सफलता हासिल गर्यो।
तर यति सबैकुरा एक व्यक्तिको करिश्मामा आधारित हुँदा, प्रश्न उठ्न थालिसकेको छ—यदि त्यो व्यक्तिको उपस्थितिमा ह्रास आयो भने पार्टीको लय कत्तिको टिकाउ रहन्छरु
आन्तरिक विवाद र नेतृत्व संकट?
रास्वपाभित्र पछिल्लो समय देखिएको आन्तरिक असन्तोष, निर्णय प्रक्रियामा पारदर्शिताको अभाव, र केही सांसदहरूको मौनता तथा निस्क्रियता पार्टीको संरचनात्मक कमजोरीलाई सतहमा ल्याइरहेका छन्। रवि लामिछानेको नेतृत्व क्षमतामाथि विश्वास गर्नेहरूको संख्या धेरै भए पनि, उनी बिना रास्वपा संचालन गर्न सक्ने दोस्रो तहको नेतृत्व देखिन थालेको छैन।
जनताको भरोसा : ब्यक्तिमा कि संस्थामा?
राजनीति ब्यक्तिनिष्ठ होइन, संस्थागत हुनुपर्छ भन्ने बहस नेपालमा विगतदेखि चल्दै आएको छ। रास्वपा जनताको आशा बोकेर अगाडि आएको भए पनि त्यो भरोसा संस्थामा भन्दा पनि रविमा केन्द्रित देखिन्छ। यस्तो अवस्थामा, रविको सम्भावित अनुपस्थिति वा राजनीतिक बैकसिटले रास्वपाको अस्तित्व नै संकटमा पर्न सक्छ।
विकल्पको खोजी वा आत्ममूल्यांकनको घडी?
अबको समयमा रास्वपाका लागि दुईवटा बाटा छन्—रवि लामिछानेको करिश्मालाई निरन्तर केन्द्रमा राख्दै अघि बढ्ने, वा संस्थागत संरचना सुदृढ गर्दै वैचारिक स्पष्टता र नेतृत्व विकासमा ध्यान दिने। दोस्रो विकल्प नै दीर्घकालीन अस्तित्वको ग्यारेन्टी हुनसक्छ।
रास्वपाको मुख्य इन्धन मानिएका नेता रवि लामिछानेको वर्तमान भूमिका र सम्भावित अनुपस्थितिबारे उठेका प्रश्नले अब रास्वपाको भविष्यमाथि गम्भीर बहस जन्माएको छ। के रवि बिना रास्वपा टिक्न सक्छ त?
प्रतिक्रिया दिनुहोस