शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

गणतन्त्रवादी शक्ति एक हुनुपर्ने बेला आएको छ: शशाङ्क कोइराला

गणतन्त्रवादी शक्ति एक हुनुपर्ने बेला आएको छ: शशाङ्क कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ति गणतन्त्रवादी शक्तिहरु एकजुट हुनुपर्ने आवश्यकता औँल्याएका छन् ।

नेपाली कांग्रेस, अर्घाखाँची–काठमाडौँ सम्पर्क समितिल यहाँ आज आयोजना गरेको ‘नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान तथा क्यालेण्डर लोकार्पण’ कार्यक्रममा नेताहरुले संविधानको रक्षासँगै कार्यान्वयनको निम्ति परिवर्तनकारी शक्तिहरु एकीकृत हुँदै अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याएका हुन ।

नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले लामो सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षाको निम्ति राजनीतिक दलहरु एकजुट हुनुपर्नेमा जोड दिए। उनले भने, “अहिले गाउँ रित्तो भएको छ, युवाहरु विदेश पलायन भएका छन्, नेपालमा पनि धेरै सम्भावना छ, ऊर्जा, पर्यटन र कृषिमा पर्याप्त सम्भावना छ, त्यो सम्भावनालाई रोजगारीमा परिवर्तन गर्न सबै लाग्नुपर्छ ।”

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend