
काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेतृत्व विश्वासिलो भए सबै गाह्रो काम पनि सजिलै सम्भव हुने बताएका छन् ।
आईतवार काठमाडौंमा नेपाल बज्रमान महाविहार लुम्बिनीद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले राम्रो काम गर्न गाह्रो हुने तर गाह्रो कामलाई कार्यान्वयनमा लैजान नेतृत्व विश्वासिलो भए सम्भव हुने बताए । उनले २०४६ सालको जनआन्दोलनमा गणेशमान सिंहलाई सबैले विश्वास गरेको कारण आन्दोलन सफल भएको जिकिर गरे। उनले विश्वास जितेको नेतृत्व भए सामाजिक, धार्मिक कार्यहरू सम्पन्न गराउनको लागि असम्भव नहुने समेत बताए ।
उनले भने, “राम्रो काम गर्न गाह्रो चाहीँ हुन्छ, गाह्रो कामलाई कार्यान्वयनतर्फ लैजानको लागि नेतृत्व राम्रो भयो भने, विश्वासिलो भयो भने सम्भव हुन्छ । ०४६ सालको जनआन्दोलनमा सर्वोच्च कमान्डर गणेशमान सिंहप्रति सबैको विश्वास भएको कारणले त्यो आन्दोलनलाई सफलतातिर लगेजस्तै सामाजिक, धार्मिक कार्यहरूलाई पनि सम्पन्न गराउनको लागि विश्वास जितेको नेतृत्वले ग¥यो भने सम्भव हुन्छ ।”
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend