
काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित नेताहरु पक्राउ भईसकेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आकस्मिक बैठक पार्टि कार्यालय धुम्बाराहीमा सुरु भएको छ ।
आन्दोलन र संघर्षका कार्यक्रमबारे निर्णय लिनका लागी केन्द्रीय कार्यसम्पादन समितिको अनौपचारिक बैठक जारी बसेको प्रवक्ता मोहन श्रेष्ठले सुनौलो नेपाललाई बताए ।
बैठकमा आजको जनप्रदर्शनको समिक्षा र आगामी रणनीतिबारे छलफल हुने बताइएको छ । पक्राउ परेका अध्यक्ष लिङदेनसहितका नेताहरुलाई प्रहरी परिसर भद्रकालीमा राखिएको छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend