२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

अगामी आर्थिक वर्षको बजेट मुलुकमा विद्यमान समस्याको हल हुनेगरी ल्याउँछौंः उपप्रधानमन्त्री पौडेल

आइतवार , बैशाख ७, २०८२

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले अगामी आर्थिक वर्ष २०८२\०८३ को बजेट मुलुकमा विद्यमान समस्याहरुको सम्बोधन हुनेगरी ल्याइने बताएका छन् ।

आईतवार सिंहदरबारमा राष्ट्रिय योजना आयोगको बजेटसम्बन्धी मन्त्रालयगत छलफलको प्रतिवेदन बुझ्दै मन्त्री पौडेलले यस्तो बताएका हुन। सरकारले उत्पादन तथा निजी क्षेत्रले उठाएका मागहरुलाई सम्बोधन गर्नको लागि अध्यादेशबाट कानून संशोधन गरेको उनको जिकिर छ । सहकारी क्षेत्रमा रहेका समस्याहरु समाधान गर्न कानूनी र संरचनात्मक प्रवन्ध गरिएको उल्लेख गर्दै उनले सहकारी क्षेत्रका समस्याको दिगो समाधान गर्नतर्फ सरकार अग्रसर रहेको बताए।

उनले मुलुकले अस्थिरताको अनिश्चित चक्रबाट गुज्रिसकेपछि राजनीतिक स्थायित्वको यात्रा तय गरेको समेत दाबी गरे। उनले अस्थिरतावादी प्रवृत्तिहरु स्थिरताको विरुद्ध क्रियाकलाप गरिरहेको उल्लेद गर्दै सफल हुन नदिइने बताए ।

उनले भने, ‘मुलुकले अस्थिरताको अनिश्चित चक्रबाट गुज्रिसकेपछि राजनीतिक स्थायित्वको यात्रा तय गरेको छ । अहिले मुलुक अस्थिरतातर्फ होइन राजनीतिक स्थिरतातर्फ अगाडि बढेको छ । तर अस्थिरतावादी प्रवृत्तिहरु भने यो स्थिरताको खिलापमा विभिन्न गतिविधि गर्ने प्रयास गरिरहेका छन् । अस्थिरतावादी, प्रतिक्रियावादी, प्रतिगामी र अराजकतावादी प्रवृत्तिहरु सक्रिय छ । यदाकदा त्यसमा लोकप्रियतावादी पनि त्यसमा मिसिन पुग्छ । यो खालको प्रवृत्ति चाँही मुलुकमा अस्थिरता सिर्जना गर्ने कोशिस गरिरहेको छ । तर के विश्वास दिलाउन चाहान्छु भने अस्थिरता निम्त्याउन गरि कोसिशहरु नाकाम र निरर्थक हुनेछन् ।’

उनले अर्थतन्त्रका सम्पूर्ण परिसूचकहरु सकारात्मक दिशातर्फ अभिमुख रहेको बताए । उनले जनता र सरकारबीचको सम्बन्धलाई अझै मजबुत बनाउँदै मुलुकमा विद्यमान समस्याहरुको सम्बोधन गर्नेगरी बजेट ल्याइने विश्वस समेत दिलाए ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट