२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

आन्दोलन निरन्तर चल्छः अध्यक्ष लिङदेन

आइतवार , बैशाख ७, २०८२

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले आन्दोलन निरन्तर जारी रहने बताएका छन् ।

आईतबार सिंहदरबारमा सांकेतिक प्रदर्शनका क्रममा पक्राउ परेपछि रिहाइ भएलगतै सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले आन्दोलन जारी रहने बताएका हुन। उनले गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका पार्टीका नेताहरु रिहा नभएसम्म पार्टीले निरन्तर आन्दोलन गर्ने बताए।

आईतवार सिंहदरबारभित्र सांकेतिक रुपमा प्रदर्शन गरेपछि प्रहरीले अध्यक्ष लिङदेनसहत नेता बुद्धिमान तामाङ, प्रवक्ता ज्ञानबहादुर शाही लगायत सात जनालाई पक्राउ गरेको थियो । उनीहरु सातै जनालाई रिहा गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठकले निषेधित क्षेत्रमा आन्दोलन गर्ने निर्णय गरेको थियो ।

भोलि के गर्नुहुन्छ भन्ने जिज्ञासामा अध्यक्ष लिङदेनले भोलिको कुरा भोलि नै भन्ने बताए ।

उनले भने, ‘हाम्रा नेता रिहाइ नभएसम्म निरन्तर यस प्रकारको आन्दोलनमा रहन्छौँ हामी । भोलिको कुरा भोलि नै भन्छौँ ।’

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट