२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

संविधान संशोधनका लागि उपयुक्त समय भइसकेको छ: अध्यक्ष दाहाल

आइतवार , बैशाख ७, २०८२

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघिय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको संशोधन गर्ने उपयुक्त समय भइससेको बताएका छन् ।

पूर्वेली जनसञ्चार सहकारी संस्था लिमिटेडद्वारा प्रकाशित ‘हाम्रो मत राष्ट्रिय दैनिक पत्रिका’को २२औँ वार्षिकोत्सव समारोहको आज उद्घाटन गर्दै अध्यक्ष दाहालले संविधानको परिमार्जन र संशोधनका निम्ति गम्भीर छलफलको आवश्यकता रहेको उल्लेख गर्दै सरकारले संविधान संशोधनका लागि आवश्यक छलफल गर्नुपर्ने धारणा ब्यक्त गरे ।

अध्यक्ष दाहालले शासकीय स्वरुप नै अहिलेको अस्थिरताको कारक भएको चर्चा गर्दै अहिलेको व्यवस्थासँग मिल्दो शासकीय स्वरुप र निर्वाचन प्रणाली हुनुपर्नेमा जोड दिए। उनले राजनीतिक प्रणाली र आर्थिक विकासको एकापसमा गहिरो सम्बन्ध रहने भएकाले आर्थिक नीतिबारे छलफल हुनुपर्ने जिकिर गर्दै प्रचुर प्राकृतिक सम्पदा हुँदाहुँदै आर्थिक क्षेत्र बलियो हुन नसक्नु चिन्ताको विषय भएको बताए ।

सरकारले सेवा प्रवाह उचित ढङ्गले गर्न नसकेका कारण दल र नेताहरुप्रति जनताको निराशा बढेको अध्यक्ष दाहालको भनाइ थियो । सरकार जनताको आवश्यकता र चाहनामा केन्द्रित रहनुपर्ने उनले सुझाव दिए ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट