२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाऔँः पूर्वअर्थमन्त्री महत

बुधवार , बैशाख १०, २०८२

काठमाडौं । नेपाली काँग्रेसका सांसद तथा पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले परिणाम नदेखिने आयोजनाहरूमा कैँची लगाउनुपर्ने बताएका छन्।

बुधवार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन। उनले विभिन्न स्रोतबाट प्रस्तावित तथा माग भएका आयोजनाहरूमध्ये प्राथमिकतामा नभएकाहरूलाई घटाउनुपर्ने बताए। उनले उत्पादन र गतिशीलतामा मद्दत नगर्ने आयोजनाहरूलाई प्राथमिकतामा नराख्न सरकारलाई सुझाव दिए। उनले सडक आयोजनाहरुमा प्रतिफल नदिने आयोजनाहरु प्रश्तावित हुने गरेको भन्दै त्यसलाई घटाउनुपर्नेमा जोड दिए। पूर्वअर्थमन्त्री महतले जनसङ्ख्या, पर्यटन र उत्पादनलाई प्राथमिकता दिए त्यसले परिणाम पनि राम्रो निकाल्ने र रोजगारीमा पनि मद्दत पुग्न विश्वास व्यक्त गरे।

उनले भने, “जुन हामी आयोजनाहरू प्रस्तावित गर्छौ, त्यसलाई घटाउनुप¥यो, त्यसमा कैँची लगाउनुप¥यो । जसबाट परिणाम तथा प्रतिफल केही देखिने अवस्था देखिँदैन, त्यस्ता आयोजनाहरू जुन प्राथमिकता नभएका आयोजनाहरू छन्, विभिन्न स्रोतबाट प्रस्तावित तथा माग भएका आएका छन् तर त्यसले खासै उत्पादनमा मद्दत गर्दैन, मोबिलिटीमा मद्दत गर्दैन । त्यस्ता आयोजनाहरू जुन सडक आयोजनामा धेरै छ, त्यसलाई हामीले घटाउनुप¥यो । जहाँ जनसङ्ख्याको घनत्व धेरै छ, पर्यटनको सम्भावना बढी छ र उत्पादनको पकेट हुनसक्छ, त्यसलाई फोकस गरेर कनेक्टिभिटी बजेट फुल्ली फण्डेड गर्नुप¥यो । त्यो भने परिणाम आउन थाल्छ । त्यसले रोजगारीलाई पनि मद्दत पुग्छ, मोबिलिटीलाई पनि मद्दत पुग्छ ।”

उनले प्रतिफललाई प्राथमिकता दिएर आयोजना प्रश्तावित गरिए मात्रै त्यसले राम्रो प्रभाव पार्ने बताए।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट