काठमाडौँ । गायक सत्यराज आचार्यको नयाँ गीत ‘म बाँच्नुको’ सार्वजनिक भएको छ । यस गीतमा सत्यराजलाई वसन्त प्रकृतिले साथ दिएकी छन् । गीतको शब्द तथा संगीत दुर्गाप्रसाद आचार्यको रहेको छ । गीतमा मिलन कार्की, रक्षा थापा सहित आल्मा खतिवडा, सुचित्रा उप्रेती, क्रिजन महतको अभिनय रहेको छ।
यस गीतलाई अंकित बासु र आयान खड्काको संयुक्त रुपमा निर्देशन गरेका छन् भने भिडियोलाई आदित्य बस्नेत र सौगात मानसिंह बस्नेतले खिचेका हुन् ।