२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

ट्रेडमार्क र पेटेन्टको मुद्दामा सरकारले विशेष कानूनी व्यवस्था गर्न आवश्यक छ : अध्यक्ष ढकाल

शनिवार , बैशाख १३, २०८२

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले ट्रेडमार्क र पेटेन्टको मुद्दामा आउने विवादका विषयमा सरकारले विशेष कानूनी व्यवस्था गर्नुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा ‘बौद्धिक सम्पती दिवस’को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताएका हुन् । उनले नेपालमा उत्पादित कतिपय वस्तुहरुको ट्रेडमार्कमा मिल्दो जुल्दो ब्राण्ड देखिने गरेको बताए ।

उनले नेपालको कानूनले बौद्धिक सम्पतीको पेटेन्ट अधिकार सुरक्षित गरेको पनि बताए । उनले बौद्धिक सम्पतीसम्बन्धी जनचेतनामुलक कार्यक्रमहरुले विशेष उद्योगको रुपमा अगाडि बढ्दै गरेको गीतसंगीतको क्षेत्रमा लागेकाहरुलाई रचनात्मक सहयोग पुग्ने बताए ।

विश्व बौद्धिक संगठनहरुले तय गर्ने बौद्धिक सम्पतीसम्बन्धी नाराले पनि बौद्धिक सम्पती अधिकार तथा नवप्रवर्तनलाई रचनात्मक प्रोत्साहन मिल्ने उनको भनाइ छ ।

उनले भने, ‘खास गरी यो विश्व बौद्धिक संगठनले तय गर्ने नारा र यस दिवसले विश्वभर आयोजना गर्ने कार्यक्रमले बौद्धिक सम्पती अधिकार र नवप्रवर्तनलाई रचनात्मक प्रोत्साहन गर्न सहयोग पुगेको म यहाँ राख्न चाहन्छु । खास गरेर संगीतको रचनालाई प्राथमिकता दिएर यसको थिमनै यसरी गरेको हुनाले यस क्षेत्रमा लाग्ने सबै सरोकारवाला पक्षलाई बधाइ पनि दिन चाहन्छु ।’

‘गीत संगीतको क्षेत्र जुन उद्योगको रुपमा विकास भइरहेको छ । आउने दिनमा थप प्रोत्साहन गर्न सपोर्ट हुनेछ । सदस्य राष्ट्रको रुपमा नेपालले यस्तो कार्यक्रम गर्दा जनचेतना आउने कुरामा पनि सपोर्ट गरेको कुरा राख्न चाहन्छु । नेपालको कानूनले पनि बौद्धिक सम्पत्तिलाई सुरक्षित गरेको छ । जसले पेटेन्ट ट्रेडमार्क अधिकारलाई सुरक्षित राख्न सहयोग गरेको छ ।

अहिले हामीकहाँ पनि कतिपय ट्रेडमार्क र पेटेन्टको इस्युहरुमा विवाद पनि आउने गरेको छ । कतिपय कपय कपि गरेको मिल्दो जुल्दो गरेको पनि देखिन्छ यसमा विभागले विशेष ध्यान पुर्याउनुपर्ने देखिन्छ’ उनले भने ।

अध्यक्ष ढकालले ट्रेडमार्क तथा ब्राण्डको ठुलो मूल्य हुने भएकाले औद्योगिक सम्पतीको पेटेन्ट राइटको विषयमा सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट