विराटनगर । कोशी प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले लगानी सम्मेलनलाई लक्षित गर्दै आठ वटा प्रदेश ऐन संशोधन अध्यादेश स्वीकृति गरेको छ ।
कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री एवम् सरकारका प्रवक्त रेवती रमण भण्डारीले वैठकको निर्णय सार्वजनिक गर्दै निजी क्षेत्रलाई सहज लगानीको वातावरण सिर्जना गर्नका लागि प्रदेश ऐन संशोधन अध्यादेश स्वीकृति गरी प्रदेश प्रमुखकोमा पेश गर्ने र मंगलबार नै राजपत्रमा सूचना प्रकाशित गरेर सर्वसाधारणको जानकारीको लागि पठाउने तयारी रहेकोे बताए ।
संशोधित आठ वटा प्रदेश ऐन संशोधन अध्यादेशमा सार्वजनिक निजी सोझेदारी ऐन २०७६, प्रदेश सरकारी ऐन २०७६, सवारी तथा यातायात व्यवस्था ऐन २०७६, प्रदेश भवन ऐन २०७६, प्रदेश औद्योगिक व्यवसाय ऐन २०७७, प्रदेश पर्यटन विकास ऐन २०७६, कोशी प्रदेश निजी तथा साझेदारी र्फम ऐन २०७७ र प्रदेश वन ऐन २०७७ रहेका छन् ।
त्यस्तै वैठकले आन्तरिक मामिला मन्त्रालय मार्फत आएको प्रस्ताव कोशी प्रदेश लगानी सम्मेलन २०२५ को अवसरमा कोशी प्रदेश सरकारले १६ वुँदे नितिगत पतिवद्धता सार्वजनिक गर्ने निर्णय गरेको मन्त्री भण्डारीले जानकारी दिए ।
बैठकले भर्खरै सरुवा भएर आएकी प्रदेश सरकारकी मुख्य सचिव चन्द्रकला पौडेललाई स्वागत गर्ने निर्णय समेत गरेको छ ।
कोशी प्रदेश सरकारले वैशाख १८ र १९ गते लगानी सम्मेलनको आयोजना गर्दैछ ।
प्रतिक्रिया दिनुहोस