२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

प्रभु साहको टिप्पणी – ‘नीति तथा कार्यक्रम क्यान्सर रोगीलाई टिबीको औषधि जस्तै’

शुक्रवार , बैशाख १९, २०८२

काठमाडौं । प्रतिनिधि सभा सदस्य प्रभु साहले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम क्यान्सरको रोगीलाई टिबीको औषधि जस्तै भएको टिप्पणी गरेका छन् ।

शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि संसद परिसरमा सञ्चारकर्मीहरूसँग बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले नीति तथा कार्यक्रमको ८० प्रतिशत अघिल्लो वर्षको कपी पेस्ट भएको आरोप लगाए । उनले जनताले आगामी नीति तथा कार्यक्रमले देशलाई सङ्कटबाट निवारण गर्ने अपेक्षा गरे पनि त्यो हुन नसकेको आरोप लगाए ।

आम जनता पार्टी (आजपा)का अध्यक्ष समेत रहेका साहले नीति तथा कार्यक्रमले धर्मराइरहेको आशालाई जीवित गर्नुको सट्टा चिसो पानीमा खनाएको जस्तै भएको टिप्पणी गरे ।

उनले भने, “गत वर्षको नीति तथा कार्यक्रम पढ्यौँ भने त्यसको ८० प्रतिशत कपी पेस्ट देखिन्छ । मान्छेले के अपेक्षा गरेका थिए भने देशलाई सङ्कटबाट निवारण गर्छ । जनतालाई उत्साहित बनाउँछ । फेरि एक चोटि धरमराइरहेको आशालाई जीवित गर्छ भनेको त यसलाई चिसो पानीमा खनाएको जस्तै भयो । साँच्चिकै भन्ने हो भने नीति तथा कार्यक्रम क्यान्सरको रोगीलाई टिभीको औषधि जस्तै भयो ।”

उनले यो नीति तथा कार्यक्रमले नेपाली जनतालाई उत्साहित गर्न नसक्ने समेत जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट