२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

सोरु गाउँपालिकाका अधिकांश बस्ती सडक सञ्जालमा: गाउँ–गाउँमा गाडी पुगेपछि हिलोमुक्त बन्दै मुगुका दुर्गम गाउँ, स्थानीय उत्साहित

मंगलवार , आषाढ ९, २०८३

मुगु । मुगुको सोरु गाउँपालिकाका अधिकांश बस्तीहरू सडक सञ्जालसँग जोडिएपछि स्थानीय बासिन्दामा उत्साह छाएको छ। गाउँपालिका भित्र रहेका ७३ वटा बस्तीमध्ये हालसम्म अधिकांश बस्तीमा सडक पहुँच विस्तार भइसकेको गाउँपालिकाले जनाएको छ।

गाउँपालिका अध्यक्ष धर्मबहादुर शाहीका अनुसार केही बस्तीहरूमा भौगोलिक विकटता तथा कठिन भू–बनोटका कारण सडक विस्तार गर्न चुनौती रहेकाले अझै सडक पुग्न सकेको छैन । तथापि, आगामी आर्थिक वर्षमा सडक पहुँचबाट वञ्चित रहेका सबै बस्तीलाई सडक सञ्जालसँग जोड्ने लक्ष्यका साथ योजना अघि बढाइएको र अधिकांस बस्तीहरुमा पीसीसी,आरसिसि बाटो बनाय संगै हिलोमुक्त समेत बनाइएको उनले बताए ।

अध्यक्ष शाहीले सडक पूर्वाधार विकास गाउँपालिकाको प्राथमिकतामा रहेको उल्लेख गर्दै दुर्गम बस्तीहरूमा समेत सहज यातायात सेवा विस्तारका लागि आवश्यक बजेट तथा स्रोत व्यवस्थापन गरिने जानकारी दिए ।

सडक सञ्जाल विस्तार भएसँगै स्थानीय बासिन्दाको दैनिक जीवनमा सकारात्मक परिवर्तन आएको छ। दैनिक उपभोग्य सामग्री, खाद्यान्न, निर्माण सामग्री तथा अन्य आवश्यक वस्तुहरू सहज रूपमा गाउँसम्म पुग्न थालेका छन् । यसअघि घण्टौँ पैदल यात्रा गर्नुपर्ने बाध्यता रहेका बासिन्दाले अहिले सवारी साधनमार्फत आवश्यक सेवा तथा सामग्री प्राप्त गर्न थालेका छन् ।

स्थानीयवासीहरूले सडक पहुँचले शिक्षा, स्वास्थ्य, कृषि तथा व्यापार व्यवसायमा समेत सकारात्मक प्रभाव पारेको बताएका छन्। किसानहरूलाई आफ्ना कृषि उपज बजारसम्म पुर्‍याउन सहज भएको छ भने बिरामीलाई स्वास्थ्य संस्थासम्म लैजान पनि सुविधा पुगेको छ ।

सोरु गाउँपालिकाले सडक सञ्जाल विस्तारलाई ग्रामीण विकासको आधार मानेर आगामी दिनमा बाँकी रहेका बस्तीहरूलाई पनि सडक पहुँचमा ल्याउने तयारी गरेको जनाएको छ । स्थानीयवासीले सडक विस्तारसँगै गाउँको समग्र आर्थिक तथा सामाजिक विकासले थप गति लिने अपेक्षा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट