२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

नीति तथा कार्यक्रम आशा गरिएको जस्तो गुणात्मक महत्वको आएन : बाबुराम भट्टराई

शुक्रवार , बैशाख १९, २०८२

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले नीति तथा कार्यक्रम गुणात्मक महत्वको नभएको बताएका छन् ।

शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि संसद् परिसरमा सञ्चारकर्मीहरूसँग बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले नीति तथा कार्यक्रम गुणात्मक महत्वको आउँछ भन्ने अपेक्षा गरे पनि त्यसो हुन नसकेको बताए । उनले नीति तथा कार्यक्रममा निरन्तरताकै लागि आएको जस्तो देखिएको बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले नीति तथा कार्यक्रममा केही सुधारात्मक कुराहरू भए पनि अहिलेको लागि त्यो पर्याप्त नभएको जिकिर गरे । उनले जनताको जीवनमा असर पार्ने र मानिसले अपेक्षा गरे अनुसारको ठोस विषयहरू नसमेटिएको बताए ।

उनले भने, “अलि गुणात्मक महत्वको आउँछ कि भन्ने अपेक्षा थियो, तर उहाँहरूले निरन्तरता मै ल्याउनुभयो कि जस्तो लाग्यो । आउन त सबै कुरा आएको छ तर त्यो मात्रात्मक, सुधारात्मक तरिकाले आयो । देशको आवश्यकता सबै क्षेत्रमा गुणात्मक महत्वको आउँछ कि भन्ने मेरो अपेक्षा थियो । मैले त्यसो पाइन । निरन्तरता मै त्यो आयो । केही सामान्य कुराहरू त छन्, सुधारात्मक छन् । तर, अहिलेको निम्ति त्यति पर्याप्त छैन । जनताको जीवनमा असर पार्ने ठोस कुराहरू, जो मानिसले अपेक्षा गरेको छ त्यो चाहिँ आएन ।”

उनले यो नीति तथा कार्यक्रमले नागरिकमा आशा नजगाउने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट